भदौ ४, कतार । आफू जाने देशको बारेमा जानकारी नहुँदा धेरै नेपाली विभिन्न देशमा अलपत्र परेका छन् । क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, कतार । आफू जाने देशको बारेमा जानकारी नहुँदा धेरै नेपाली विभिन्न देशमा अलपत्र परेका छन् । क"/>
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

कतारमा रोजगारीमा गएकाले के गर्ने के नगर्ने ? जानी राखौ

४ भाद्र २०७३, शनिबार १३:०१

भदौ ४, कतार । आफू जाने देशको बारेमा जानकारी नहुँदा धेरै नेपाली विभिन्न देशमा अलपत्र परेका छन् । कमाएर परिवारको आर्थिक अवस्था सुधार्न विदेशिएका नेपालीले परदेशमा सास्ति खेप्नु परेको छ । कतारको रोजगारीमा रहेका नेपालीले यी कुरा बिचार गरे त्यस्ता समस्याबाट जोगिन सकिन्छ । 

गर्नु पर्ने 

– दिएको जिम्बवारी लगनसिल, मेहनेत एवम् इमान्दारिताकासाथ पुरा गर्नुहोस् । 

– कतारी नियम कानुन को सदैब पालना गर्नुहोस् । 

– राहदानी तथा आवासीय अनुमतिपत्रको म्याद सकिनु पहिलेनै नयाँ राहदानी र आवासीय अनुमति पत्र लिनुहोस् । 

– अरविक र अंग्रेजि भाषाको राम्रो जानकारी राख्नुहोस् । 

– आफ्नो राहदानी, आवासीय अनुमतिपत्र, कतारी परिचय पत्र , बैंक कार्ड आदिको एक एक प्रति फोटोकपी गरेर सुरक्षित राख्नुहोला, बिनाकारण त्यस्ता                   कागजात कसैलाई नदिनु होला ।

– तलब नपाएमा वा परिचय पत्र नलगाइदिएमा वा नबिकरण नगरिदिएको खण्डमा एवम् काम र तलब फरक परेको लागयत आदि समस्या आइ परेमा नम्रता   र सिष्टता पुर्बक आफु भन्दा माथि आफ्नो सुपरभाइजर समक्ष आफ्नो समस्या राख्ने, त्यसपछि पनि समस्या समाधान नभएको खण्डमा नेपाली दुताबास र कतार सरकारका सम्बन्धित निकयमा शिग्र सम्पर्क गर्नुहोस् । 

–    आफू कार्यरत कम्पनी, संस्था वा घरमालिक अरु कसैले करारपत्र लागयत कुनैपनि कागजातमा सहि गर्न भनेमा राम्रो सँग पढेर मात्र सहि गर्नुहोस् । 

–    बाटो काट्दा ट्राफिक नियम पालना गर्नुहोस् र हतार नगरि जेब्रा क्रसिंग बाट मात्र बाटो काट्नुहोस् । 

–    अन्य बक्तिहरुसँग लेनदेन (आर्थिक कारोबार) गर्दा अनिवार्य रुपमा भर्पाइ लिई प्रमाणका लागि सुरक्षित राख्नुहोस् । 

–    उपुयुक्त खानपिन, पहिरन, आफ्नो स्वास्थ्य तथा सुरक्षा जस्ता बिषयमा ध्यान दिनुहोस् साथै प्रर्याप्त पानि वा झोल पदार्थ पिउनुहोस् । 

–    नेपालमा रहेका आफन्तसँग सम्पर्कमा रही आफ्नो अवस्थाका बारेमा नियमित वा दैनिक जानकारी गर्ने गराउने काम गर्नुहोस् । 

–    आफूले आर्जन गरेको रकम समुचित सदुपयोगका लागि बैधानिक बाटो मार्फत नेपाल पठाउनुहोस् । 

गर्न नहुने कार्यहरु 

–    कतारको कानुन, धर्म परम्परा र सस्कृति बिपरित कुनैपनि कार्यहरु नगर्नुहोला । 

–    लागुपदार्थ तथा प्रतिबन्धित औषधिहरुको ओसार पसार सेवन तथा बेचबिखन नगर्नुहोस् । 

–    कुनैपनि प्रकारका हातहतियार लिएर नहिड्नुहोला । 

–    कम्पनीको स्वीकृतिबिना काम कार्यस्थल र बासस्थान नछाड्नुहोला । 

– आर्थिक प्रलोभनमा परेर कार्यरत कम्पनीबाट नभाग्नु होला, असम्बन्धित कार्यस्थलमा गैरकानुनी रुपमा काम नगर्नुहोस्, साथै अन्य नेपालीहरुलाई यस्ता कार्यहरु गर्न पे्ररित नगर्नुहोला । 

–    कुनैपनि बहानामा कसैको उक्साहटमा कुनै पनि हालतमा काम बन्द तथा हड्ताल नगर्नु होस् । 

–    नेपाली नागरिक तथा विदेशीहरुसँग अनावश्यक जमघट, छलफल, विवाद झगडा होहल्ला  कुटपिट आदि जस्ता कार्यहरु नगर्नुहोस् । 

–    सुरक्षित र भरपर्दो नभएसम्म कसैसँग पनि रकम लेन देन नगर्नुहोस् । 

–    ठगी चोरी तथा महिला माथि दुरव्यवहार जस्ता नैतिक आचरण बिपरित कुनै पनि कार्यहरु नगर्नुहोस् । 

–    मदिरा सेबन गरि, सवारी चालक अनुमति पत्र बिना तथा सवारीको रोड पर्मिट बिना सवारी साधन नचलाउनुहोस् । 

–    मदिरा उत्पादन, सेवन तथा बेचविखनका काम नगर्नुहोस् । 

–    अन्य व्यक्तिका सिभिल आइडी बैंक कार्ड फेला परेमा दूरुपयोग नगर्नुहोस् । 

–    रम्जानको समयमा निषेधित समयमा खानेकुरा खुल्ला रुपमा नखानुहोस् ।  

–    अत्याधिक काम गरेपश्चात धेरै चिसो नखानुस् र बढी चिसोमा नबस्नुहोस् । 

–    गैरकानुनी रुपमा महिला एवम् पुरुषसँग सँगै बसोबास नगर्नुहोस् । 

–    फेसबूक, ट्वीटर, युटुब आदिजस्ता सामाजिक तथा विधुतिय संचार माध्यमहरुको दुरुपयोग नगर्नुहोस् । 

–    नेपाल र कतारबीचको सम्बन्धमा आँच आउने वा प्रतिकुल असर पर्ने कुनैपनि गतिबधि नगर्नुहोस् ।      

यसो गरेमा तपाईंको कतार बसाई सुखद हुन्छ । स्रोत: उज्यालो अनलाइन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान