राज मल्ल/भदौ ५, कुवेत । कुवेतको महाबुल्लामा ओखलढंगा घरभएका ३४ बर्षिय नबिन सुनुवार शनिबार बिहान नेपालीहरुको आवासम झुन्डिएको अव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राज मल्ल/भदौ ५, कुवेत । कुवेतको महाबुल्लामा ओखलढंगा घरभएका ३४ बर्षिय नबिन सुनुवार शनिबार बिहान नेपालीहरुको आवासम झुन्डिएको अव"/>
२०८२, १९ चैत्र बिहीबार
काठमाडौँ - KTM

कुवेतमा एक नेपाली झुन्डिएको अवस्थामा फेला

२०७३, ५ भाद्र आईतवार १२:२०

राज मल्ल/भदौ ५, कुवेत । कुवेतको महाबुल्लामा ओखलढंगा घरभएका ३४ बर्षिय नबिन सुनुवार शनिबार बिहान नेपालीहरुको आवासम झुन्डिएको अवस्थामा फेला परेका छन ।

उनको हत्या भएको वा आत्महत्या बारे अझै पुष्टी भएको छैन । नेपालीको आबास भबनमा बस्ने अधिकांश आप्रबासीहरु अबैधानिक भएका कारण प्रहरी चेकिङको डरले शनिबार दिन-भर भागाभागको अबस्था रहेको बताइएको छ ।  

महाबुल्ला ब्लक १को KRH भबन नजिकै एक परिवारिक आबासको छैटौ तल्लामा नबिन झुन्डिएको अवस्थामा फेला परेका हुन । प्राप्त जानकारीका अनुसार करिब १० बर्ष देखी कुवेतमा रहेका सुनुवार अबैधानिक रुपमा मसाज सेन्टरमा काम गर्थे ।

अबैधानिक स्थितीमा रहेका नबिनले कोठामा झुन्डिए पछी हरिस(भबनको रेखा देख गर्ने चौकिदार)ले प्रहरीलाइ जानकारी गराएका थिए । प्रहरीले मृतक संगै बस्ने एक नेपाली महिला र भबनको चौकिदारलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताइएको छ । 

उनिसंगै बस्ने अर्की एक नेपाली महिला फरार रहेकी छिन । यी दुबै जना नेपाली महिला पनि अबैधानिक रुपमा लुकेर काम गर्दै नबिन संगै बस्दै आएका थिए । फरार भाबना नामकी ति महिलाको मोबाइल स्विच अफ गरिएको छ ।

यस घटनाबारे दुताबास कुनै पनि जानकारी आइनपुगेको दुताबसका कर्मचारी सिराज अहमदले जानकारी दिएको छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी