भदौ ९, काठमाडौं । कतार सरकारले आफ्नो देशमा अवैध रुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिने घोषणा गरेसंगै उल्लेख्य संख्या नेपाली"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौं । कतार सरकारले आफ्नो देशमा अवैध रुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिने घोषणा गरेसंगै उल्लेख्य संख्या नेपाली"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

कतार सरकारले गर्यो यस्तो घोषणा, उल्लेख्य नेपालीले सजिलै घर फर्कन पाउने

९ भाद्र २०७३, बिहीबार ०५:०५

भदौ ९, काठमाडौं । कतार सरकारले आफ्नो देशमा अवैध रुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिने घोषणा गरेसंगै उल्लेख्य संख्या नेपालीले पनि यो नीतिसंगै सजिलै स्वदेश फर्कन पाउने भएका छन ।

कतार आन्तरिक (गृह) मन्त्रालयले महिना अवधि तोकेर अवैध कामदारहरुलाई आममाफी दिने घोषणा गरेको हो । आउँदो सेप्टेम्बर १ देखि सुरु हुने आममाफीको प्रक्रिया डिसेम्बर १ सम्म चल्नेछ । यो अवधिमा विभिन्न कारण करार सम्झौता भएका कम्पनी छाडेर अरु नै ठाउँमा काम गर्दै आएका कामदार स्वदेश फर्किन पाउने छन् । कतारको गृह मन्त्रालयले एक सूचना जारी गरेर अवैध रुपमा बसिरहेका आप्रवासी कामदारलाई स्वदेशकफािएन सहज वातावरण तयार गरिएको बताएको छ ।

कतारमा ठूलो संख्यामा अवैध विदेशी कामदार कार्यरत छन्, जसमा नेपालीहरुको संख्या उल्लेख्य छ  । अब त्यहाँको सरकारले तोकेको प्रक्रिया पुरा गरेर उनीहरुलाई बिना सजाय घर फर्किन सक्नेछन् ।

सन् २०२२ को विश्वकप आयोजनाको जिम्मा पाएको कतारले अवैध कामदार र उनीहरुको अवस्थालाई लिएर पछिल्लो समय अन्तर्राष्ट्रिय मानवधिकारवादी संघ संस्था र विभिन्न देशको दबाव खेप्दै आएको थियो ।

कतारले सन् २००९ मा लागू गरेको आप्रवासी कामदर समबन्धी कानुन नम्बर ४ अनुसारका कामदारलाई आममाफी दिनेछ । तर, आममाफी सुविधा लिएर स्वदेश फर्किने कामदार २ वर्षसम्म फेरि कतारमा जान पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…