भदौ ९, युएई । घरेलु कामदारका रुपमा युएई आउने वैधानिक बाटो खुल्ला भएको छ । युएईको आबुधाबीमा रहेको नेपाली दूतावासले घरेलु कामदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, युएई । घरेलु कामदारका रुपमा युएई आउने वैधानिक बाटो खुल्ला भएको छ । युएईको आबुधाबीमा रहेको नेपाली दूतावासले घरेलु कामदा"/>
२०८२, ९ फाल्गुन शनिबार
काठमाडौँ - KTM

दश वटा एजेन्सीले दुबईमा वैधानिक रुपमा घरेलु कामदार लैजाने

२०७३, ९ भाद्र बिहीबार १०:०६

भदौ ९, युएई । घरेलु कामदारका रुपमा युएई आउने वैधानिक बाटो खुल्ला भएको छ । युएईको आबुधाबीमा रहेको नेपाली दूतावासले घरेलु कामदार सम्बन्धी काम गर्ने स्थानीय १० एजेन्सीलाई नेपालबाट घरेलु कामदार ल्याउन अनुमती दिएपछि वैधानिक बाटो खुलेको हो ।

प्रक्रिया पूरा गरेर दूतावासमा सूचिकृत १० वटा एजेन्सीले मात्र नेपालमा घरेलु कामदार पठाउन मान्यता पाएका ४९ वटा म्यानपावर मार्फत युएईमा कामदार ल्याउन पाउने छन । वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी बनाइएको निर्देशिका २०७२ लाई संशोधन गरी २०७३ वैशाख २१ गतेबाट लागु गर्न सरकारले दूतावासहरुलाई परिपत्र गरेको थियो । 

सरकारले निर्देशन गरे लगत्तै दूतावासले झन्डै तीन महिना लगाएर कार्यान्वयनमा ल्याएको हो । 

सरकारले व्यवस्थित प्रावधानसहित कोटा प्रमाणीकरण प्रणाली ल्याएर महिला तथा पुरुषलाई घरेलु कामदारका रुपमा युएईलगायतका देशमा पठाउने व्यवस्था ल्याएपछि कार्यान्वयनका लागि दूतावासले तीन महिना अघिदेखि काम थालेको थियो । 

एजेन्सी दर्ता गरेर सबै प्रक्रिया पूरा गरेकाले मंगलबारदेखी घरेलु कामदार मागपत्र दूतावासले प्रमाणीकरण गर्न सुरु गरेको दुतावासले जनाएको छ । दूतावासमा सूचिकृत हुन प्रत्येक एजेन्सीले ३७ हजार दिरहाम अर्थात झण्डै १० लाख रुपैयाँ धरौटी जम्मा गरेका छन ।

 त्यस्तै दूतावासमा सूचिकृत गर्दा दुई हजार दिरहाम दर्ता शुल्क समेत एजेन्सीहरुले बुझाएका छन् । दूतावासले गएको जेठ अन्तिम हप्ता सूचना जारी गर्दै एजेन्सीहरुलाई आवेदन दिन आग्रह गरेको थियो । त्यसरी आवेदन दिएका एजेन्सीहरु मध्ये १४ एजेन्सी छनौटमा परेका थिए । 

अन्य प्रक्रिया पूरा गरेका छनौटमा परेका १४ मध्ये १० एजेन्सीले मात्रै दूतावासमा धरौटी रकम जम्मा गरेकाले रकम जम्मा नगरेका एजेन्सीले तत्काल घरेलु कामदार ल्याउन पाउने छैनन् । छनौटमा परेका एजेन्सीमध्ये सात वटा आबुधाबी, दुई वटा अजमान र एउटा अलऐनमा रहेका छन ।    

एजेन्सी छनौटका लागि दूतावासले स्थलगत अनुगमन तथा एजेन्सीले कामकाजबारे अध्ययन गरेर अनुमती दिइएको दूतावासका कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनले बताउनुभयो । सूचिकृत एजेन्सीको समयावधी सन् २०१७ सम्म रहने र नेपाल सरकारको निर्देशिका तथा स्थानीय कानुन अनुसार उनीहरुले नेपालबाट घरेलु कामदार ल्याउन पाउने टण्डनले जानकारी दिनुभयो । 

निर्देशिकाले तोकेको मापदण्ड र व्यवस्था अनुरुप घरेलु कामदार युएई आए समस्या नपर्ने र समस्यामा पर्नेलाई एजेन्सीले दूतावासमा जमानत राखेको रकमबाट कामदरलाई सहयोग गर्न सकिने टण्डनको भनाइ छ । 

यसअघि दूतावासको शरणमा आउने महिला अवैधानिक बाटो भएर हाउसमेडका रुपमा युएई आउने गरेको पाइएको थियो । नयाँ व्यवस्था अनुसार महिला पुरुष दुवै घरेलु कामदारका रुपमा आउन पाउने छन् । स्रोत: उज्यालो अनलाइन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो