भदौ ९, युएई । घरेलु कामदारका रुपमा युएई आउने वैधानिक बाटो खुल्ला भएको छ । युएईको आबुधाबीमा रहेको नेपाली दूतावासले घरेलु कामदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, युएई । घरेलु कामदारका रुपमा युएई आउने वैधानिक बाटो खुल्ला भएको छ । युएईको आबुधाबीमा रहेको नेपाली दूतावासले घरेलु कामदा"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

दश वटा एजेन्सीले दुबईमा वैधानिक रुपमा घरेलु कामदार लैजाने

९ भाद्र २०७३, बिहीबार १०:०६

भदौ ९, युएई । घरेलु कामदारका रुपमा युएई आउने वैधानिक बाटो खुल्ला भएको छ । युएईको आबुधाबीमा रहेको नेपाली दूतावासले घरेलु कामदार सम्बन्धी काम गर्ने स्थानीय १० एजेन्सीलाई नेपालबाट घरेलु कामदार ल्याउन अनुमती दिएपछि वैधानिक बाटो खुलेको हो ।

प्रक्रिया पूरा गरेर दूतावासमा सूचिकृत १० वटा एजेन्सीले मात्र नेपालमा घरेलु कामदार पठाउन मान्यता पाएका ४९ वटा म्यानपावर मार्फत युएईमा कामदार ल्याउन पाउने छन । वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी बनाइएको निर्देशिका २०७२ लाई संशोधन गरी २०७३ वैशाख २१ गतेबाट लागु गर्न सरकारले दूतावासहरुलाई परिपत्र गरेको थियो । 

सरकारले निर्देशन गरे लगत्तै दूतावासले झन्डै तीन महिना लगाएर कार्यान्वयनमा ल्याएको हो । 

सरकारले व्यवस्थित प्रावधानसहित कोटा प्रमाणीकरण प्रणाली ल्याएर महिला तथा पुरुषलाई घरेलु कामदारका रुपमा युएईलगायतका देशमा पठाउने व्यवस्था ल्याएपछि कार्यान्वयनका लागि दूतावासले तीन महिना अघिदेखि काम थालेको थियो । 

एजेन्सी दर्ता गरेर सबै प्रक्रिया पूरा गरेकाले मंगलबारदेखी घरेलु कामदार मागपत्र दूतावासले प्रमाणीकरण गर्न सुरु गरेको दुतावासले जनाएको छ । दूतावासमा सूचिकृत हुन प्रत्येक एजेन्सीले ३७ हजार दिरहाम अर्थात झण्डै १० लाख रुपैयाँ धरौटी जम्मा गरेका छन ।

 त्यस्तै दूतावासमा सूचिकृत गर्दा दुई हजार दिरहाम दर्ता शुल्क समेत एजेन्सीहरुले बुझाएका छन् । दूतावासले गएको जेठ अन्तिम हप्ता सूचना जारी गर्दै एजेन्सीहरुलाई आवेदन दिन आग्रह गरेको थियो । त्यसरी आवेदन दिएका एजेन्सीहरु मध्ये १४ एजेन्सी छनौटमा परेका थिए । 

अन्य प्रक्रिया पूरा गरेका छनौटमा परेका १४ मध्ये १० एजेन्सीले मात्रै दूतावासमा धरौटी रकम जम्मा गरेकाले रकम जम्मा नगरेका एजेन्सीले तत्काल घरेलु कामदार ल्याउन पाउने छैनन् । छनौटमा परेका एजेन्सीमध्ये सात वटा आबुधाबी, दुई वटा अजमान र एउटा अलऐनमा रहेका छन ।    

एजेन्सी छनौटका लागि दूतावासले स्थलगत अनुगमन तथा एजेन्सीले कामकाजबारे अध्ययन गरेर अनुमती दिइएको दूतावासका कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनले बताउनुभयो । सूचिकृत एजेन्सीको समयावधी सन् २०१७ सम्म रहने र नेपाल सरकारको निर्देशिका तथा स्थानीय कानुन अनुसार उनीहरुले नेपालबाट घरेलु कामदार ल्याउन पाउने टण्डनले जानकारी दिनुभयो । 

निर्देशिकाले तोकेको मापदण्ड र व्यवस्था अनुरुप घरेलु कामदार युएई आए समस्या नपर्ने र समस्यामा पर्नेलाई एजेन्सीले दूतावासमा जमानत राखेको रकमबाट कामदरलाई सहयोग गर्न सकिने टण्डनको भनाइ छ । 

यसअघि दूतावासको शरणमा आउने महिला अवैधानिक बाटो भएर हाउसमेडका रुपमा युएई आउने गरेको पाइएको थियो । नयाँ व्यवस्था अनुसार महिला पुरुष दुवै घरेलु कामदारका रुपमा आउन पाउने छन् । स्रोत: उज्यालो अनलाइन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु