२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

अझै कार्यान्वयनमा आएन ‘फ्री भिषा फ्री टिकट’

२०७८, १९ माघ बुधबार ०९:४५

माघ १९, मङ्गलबारे | वैदेशिक रोजगारीका लागि लागतभन्दा १० गुणा बढीसम्म रकम तिर्नुपर्ने बाध्यता रहेको छ । विशेष गरी रोजगारीका  खाडी मुलुकमा जानका लागि १० हजार रकम तिर्नुपर्ने भए पनि हाल एक लाखदेखि अढाई लाखसम्म तिर्नुपर्ने बाध्यता रहेको हालै यहाँ आयोजित कार्यक्रमका सहभागीले गुनासो गरेका थिए । सुरक्षित आप्रवासन परियोजनाद्वारा  आयोजित कार्यक्रमका  सहभागीले  अझै पनि वैदेशिक रोजगारीमा जाने युवाले दुःख र वढी शुल्क तिर्नुपर्ने अवस्था रहेको जनाएका थिए ।  

परियोजनाको एक अध्ययनअनुसार खाडी मुलुक जानकै लागि २४१ जनाले दुई लाखभन्दा बढी रकम तिरेका थिए । ‘फ्री भिषा फ्री टिकट’मा ती देशमा २१ जना मात्र गएको अध्ययनले देखाएको छ । विनाप्रमाण धेरै रकम दिएर विदेश जानेको सङ्ख्या अहिलेसम्म घट्न नसकेको बताइएको छ । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलले वैदेशिक रोजगारीमा जान चाहनेले नै बढी सजगता अपनाउनुपर्नेमा जोड दिनुभयो । रोजगारीमा जानेले बढी रकम दिएर कम मूल्यको बिल लिने, प्रमाण नै नष्ट गर्ने जस्ता गतिविधि गर्नाले अन्याय पर्दा क्षतिपूर्ति लिनसमेत कठिन हुने गरेको पाइएको छ ।

नगरपालिकाभित्र वैदेशिक रोजगारीसम्बन्धी गरिएको अध्ययनअनुसार रोजगारीमा गएका विवाहित महिलाका श्रीमान्ले अर्को विवाह गर्ने क्रम बढेको छ । सो परियोजनाले गरेको अध्ययनअनुसार विदेश गएका १३६ महिलामध्ये २६ जना अर्थात् १३ प्रतिशत यहाँ रहेका पुरुषले अर्को विवाह गरेको बताइएको छ । तर विदेश गएका ८७९  विवाहित पुरुषमध्ये यहाँ रहेका २२  महिलाले मात्र अर्को विवाह गरेको तथ्याङ्क रहेको कार्यक्रम संयोजक ईश्वरी तामाङले जानकारी दिनुभयो । 

विभिन्न अध्ययनले समाजमा वास्तविकताभन्दा फरक प्रकृतिको हल्ला हुँदा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएका व्यक्तिका श्रीमती समस्या पर्ने गरेको समेत कार्यक्रममा जानकारी दिइयो । परियोजनाका झापा, पाँचथर र इलामका कार्यक्रम अधिकृत रामुकमार कर्णका अनुसार भ्रम चिर्नका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सूचना तथा समाचार प्रसारण प्रकाशन गर्दा सञ्चारकर्मीले अरू बढी संवेदनशीलताका क्षेत्रमा समेत हेर्नुपर्ने बताउनुभएको छ । 

आप्रवासी कामदारको सकारात्मक फाइदा धेरै भए पनि नकारात्मक कुराहरु बाहिर आउने भएकाले सामाजिक समस्या आउने गरेको परियोजना संयोजक  तामाङले बताउनुभयो ।इलाम, सूर्योदय, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकामा सञ्चालित परियोजनाले वैदेशिक रोजगारीमा जानपूर्व लिनुपर्ने आवश्यक सूचना प्रदान गर्ने, सीप सिकेर मात्र विदेश जान सुझाउने गरेको छ । भरसक स्वदेशमा नै आयआर्जनको बाटो खोज्न प्रोत्साहित गर्ने परियोजनाको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण