भदौ १०, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ) पनि बंगलादेशी कामदार लिन तयार भएको छ । साउदी अरेबियाले बंगलादेशी कामदार लिन था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ) पनि बंगलादेशी कामदार लिन तयार भएको छ । साउदी अरेबियाले बंगलादेशी कामदार लिन था"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

दुबई सरकारको यस्तो निर्णयपछि नेपाली कामदारलाई पर्यो फसाद

१० भाद्र २०७३, शुक्रबार १२:०५

भदौ १०, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ) पनि बंगलादेशी कामदार लिन तयार भएको छ । साउदी अरेबियाले बंगलादेशी कामदार लिन थाले लगत्तै युएइले पनि बंगलादेशीलाई श्रम भिसा दिन सैद्धान्तिक सहमति जनाएको हो ।

बंगलादेशी वैदेशिक रोजगारमन्त्री नुरअल इस्लाम र युएइका मानव संसाधन मन्त्रालयका सल्लाहकार एलेक्स जम्मामीबीच बंगलादेशी कामदारमाथिको प्रतिवन्ध हटाउने अनौपचारिक समझदारी भएको बंगलादेशी सञ्चार माध्यमले जनाएका छन् ।

कोलम्बो प्रोसेसको बैठकमा भाग लिन श्रीलंकामा रहेका उनीहरुले बंगलादेशी कामदारलाई फेरि युएइमा रोजगारीको अवसर दिने द्विपक्षीय समझदारी गरेका हुन् । युएइ नेपाली कामदारको पनि प्रमुख रोजगार गन्तब्य हो । बंगलादेशी कामदार नेपाली कामदारभन्दा सस्तोमा श्रम गर्न तयार हुने भएकाले युएइले विशेषरुपमा निर्माण क्षेत्रका काममा उनीहरुलाई लैजानसक्ने बताएको हो ।

यसले नेपाली कामदारको मागमा असर पर्न सक्ने देखिएको छ । मलेसियाले पनि गतवर्ष बंगलादशेबाट ठूलो संख्यामा कामदार लिने सहमति गरेको थियो ।

मलेसिया र साउदीमा कच्चा तेलको मूल्यको गिरावटका कारण आर्थिक मन्दी छाइरहेको समयमा युएइले बंगलादेशी कामदार लगे नेपालीको चौथो प्रमुख गन्तब्य युएइमा पनि नेपालीको माग घट्नेछ । पछिल्लो समयमा खाडी राष्ट्रमा छाएको आर्थिक मन्दीले नेपालीका श्रम बजारहरु धरासायी हुँदै गएका छन् ।

श्रीलंकाले युएइ पठाउने कामदारलाई दक्ष बनाएर पठाउने बताएको छ । त्यसकालागि सीप सिकाउने परियोजना सञ्चालन गर्ने बंगलादेशको तयारी छ । युएइले बंगलादेशबाट कामदार लिन बन्द गरेको तीन वर्ष भएको छ । अहिले घरेलु महिला बंगलादेशी कामदारमात्रै युएइमा कार्यरत छन् । 

बंगलादेशले आफ्ना कामदारमाथिका प्रतिवन्ध हटाउन निरन्तर पहल गरिरहेको थियो । युएइले ढाकामा भिसा कार्यालय खोलेर कामदार लैजाने पूर्वसंकेत यसअघि नै गरिसकेको थियो । बंगलादेशी कामदारमाथिको प्रतिवन्ध औपचारिक रुपमा कहिले हट्ने भन्ने एकीन नभए पनि छिट्टै हुने संकेत युएइले गरेको छ । स्रोत: अनलाइनखबर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प