भदौ ११, काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले साउदीमा अलपत्र चारजना नेपालीलाई पाउन बाँकी तलव सुविधा दिलाएर तत्काल नेपाल फर्काउन म्यानपावरलाई निर्देशन दिएको छ । ग्रीनल्यान्ड ओभरसिज म्यानपावर सर्भिस प्रालिका सञ्चालकलाई शुक्रबार मन्त्रालयमा बोलाएर नेपाल फर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले साउदीमा अलपत्र चारजना नेपालीलाई पाउन बाँकी तलव सुविधा दिलाएर तत्काल नेपाल फर्काउन म्यानपावरलाई निर्देशन दिएको छ । ग्रीनल्यान्ड ओभरसिज म्यानपावर सर्भिस प्रालिका सञ्चालकलाई शुक्रबार मन्त्रालयमा बोलाएर नेपाल फर"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले दियो साउदीमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन म्यानपावरलाई निर्देशन

२०७३, ११ भाद्र शनिबार ०५:५३

भदौ ११, काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले साउदीमा अलपत्र चारजना नेपालीलाई पाउन बाँकी तलव सुविधा दिलाएर तत्काल नेपाल फर्काउन म्यानपावरलाई निर्देशन दिएको छ । ग्रीनल्यान्ड ओभरसिज म्यानपावर सर्भिस प्रालिका सञ्चालकलाई शुक्रबार मन्त्रालयमा बोलाएर नेपाल फर्किन लाग्ने खर्च व्यहोर्न र पाउन बाँकी तलव दिलाउन निर्देशन दिएको छ ।

साउदीको जुबेलस्थित ओकिला घानिम अयादत अल मुतारी कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत काभे्रका टेकनाथ मैनाली, भुवन आचार्य, बुद्धबहादुर थापा र संजय शाहलाई नेपाल फर्कन लाग्ने खर्च म्यानपावरले व्यहोर्ने भएको मन्त्रालयका सूचना अधिकारी शिवराज सेढाईंले जानकारी दिए । 

यस्तै म्यानपावरले उनीहरुको पाउन बाँकी तलव दिलाउन कम्पनीसँग कुरा गर्ने पनि बताएको छ । पीडित कामदारको उद्धारमा दूतावासले चासो नदिएको आफन्तको गुनासोपछि मन्त्रालयले टेलिफोन गरेर तत्काल उद्धारको प्रक्रिया थाल्न दुताबासलाई निर्देशन  दिएको छ । 

दूतावासलाई आवश्यक प्रक्रिया पुरा गरेर उनीहरुलाई नेपाल फर्काउन भनिएको छ । २०७२ सालको असोजमा प्लम्बरको काममा साउदी गएपनि उनीहरुले सडक मर्मतको काम गर्नु परेको थियो । तर गएको चार महिनादेखि काम र तलव पाएका छैनन् । अलपत्र परेपछि साउदीस्थित नेपाली दूतावासमा फोन गरेपनि दूतावासले बेवास्ता गरेको पीडितको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर