२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरमार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गराउने तयारी

२०७८, १६ चैत्र बुधबार ०६:१२

चैत १६, काठमाडौं ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)मार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गर्ने तयारी गरेको छ ।

वैदेशिक रोजगार कार्यालयमा अनावश्यक हस्तक्षेप र भीडभाड बढेपछि संस्थागत (म्यानपावर)मार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई विभागले अनलाइन गर्ने तयारी गरेको हो ।

यो सेवा अनलाइन भएपछि मासिक औसत ४० हजार श्रमिकले विभागको कार्यालय नै नगई अनलाइनबाटै श्रमस्वीकृति सेवा लिन सक्नेछन ।

विभागले यसअघि नै पुनः श्रमस्वीकृति भने पूर्ण रूपमा अनलाइन गरिसकेको छ । विभागका महानिर्देशक शेषनारायण पाडेलले हाल पुनः श्रमस्वीकृतिका सबै प्रक्रिया अनलाइनमार्फत भइसकेको जानकारी दिँदै संस्थागत अन्तिम श्रमस्वीकृति पनि अनलाइन नै गर्ने तयारी भएको बताए ।

उनले भने, ‘विभागले अबको १५/२० दिनभित्रै श्रम कार्यालयबाट हुने सबै सेवा अनलाइनबाट गरौँ भनेका छौँ तर प्राविधिक टोलीले भने केही समय थप्नुपर्छ भनेको छ, त्यसैले थोरै ढिला भए पनि अब छिट्टै अनलाइनमै जान्छौँ ।'

वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका निर्देशक हरिराम नागिलाले संस्थागत रूपमा गरिँदै आएको पूर्व र अन्तिम श्रमस्वीकृति पनि अनलाइन गरिएसँगै सेवाग्राही सेवा लिन कार्यालय आउनु नपर्ने बताए ।

हाल म्यानपावर कम्पनीका प्रतिनिधि पूर्व र अन्तिम श्रमस्वीकृतिका लागि फाइल बोकेर विभागमा नै जानुपर्ने अवस्था रहेको छ ।

संस्थागत श्रमस्वीकृतिका लागि दूतावासले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मार्फत अपलोड गरी पठाएको मागपत्र अनलाइन गरेपछि विभागले नै पूर्व र अन्तिम श्रमस्वीकृति दिनेछ ।

पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार मासिक औसत १५ हजार श्रमिकले संस्थागत रूपमा श्रमस्वीकृति लिने गरेको देखिन्छ । हाल विभागले व्याक्तिगत, वैधानिकीकरण, नयाँ र संस्थागत रूपमा श्रमस्वीकृति जारी गर्दै आएको छ । गोरखापत्र

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह