१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पछिल्लो दुई महिनामै मलेसियाको लागि ७० हजार बढी कामदारको मागपत्र प्रमाणीकरण (भिडियो सहित)

१४ असार २०७९, मंगलवार ०६:५७

असार १३, क्वालालम्पुर । पछिल्लो दुई महिना यता मलेसिया स्थित नेपाली राजदुतावासले ७० हजार बढी कामदार मलेसिया ल्याउन मागपत्र प्रमाणीकरण गरेको जनाएको छ । 

सोमबार मलेसियाका लागी नेपाली कार्यबाहक राजदुत मोति श्रिषसँग मलेसिया भ्रमणका क्रममा रहेका नेपाली पत्रकार टोलीले भेटबार्ता एवम् अन्तरक्रिया गर्ने क्रममा दुतावासले पछिल्लो दुई महिनामा १७२८ डिमाण्ड प्रमाणीकरण गरेको र त्यसरी आएको डिमाण्डमा ७० हजार भन्दा बढी नेपाली कामदारको माग भएको जनाएको छ । नेपालीहरुको श्रमको अवस्थाबारे स्थलगत रिपोर्टिङका क्रममा मलेसिया पुगेको पत्रकार टोलीले कार्यबाहक राजदुत श्रिससँग नेपाली दुतावास क्वालालम्पुरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा मलेसियामा भईरहेको समसायिक विषयमा छलफल भएको थियो।


छलफलमा कार्यबाहक राजदुत श्रिषले दुतावासको गतिविधी तथा कार्यविवरणका बारेमा जानकारी गराएका थिए । छलफलमा दुतावासमा कार्यरत सबै कर्मचारीको सहभागिता रहेको थियो । त्यसैगरी छलफलमा मलेसियामा पछिल्लो समयमा नेपाली श्रमीकहरुका समस्या बारेमा पनि छलफल भएको थियो । अन्तरक्रिया कार्यक्रममा कार्यबाहक राजदुत श्रिषले पछिल्लो सयममा मलेसियामा रहेका श्रमीकका समस्या समाधान गर्न दुतावास अग्रसर रहेको बताए । 


कार्यक्रममा दुतावासका लेवर काउन्सिलर दिपक ढकाल, श्रम सहचारी प्रकास पन्थी, दित्तिय सचिव प्रेम बहादुर थापा, यसु बस्नेत लगाएतका पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा श्रमिक समस्या बारे दिपक ढकालले जानकारी गराएका थिए भने मलेसियामा रहेका विभिन्न जेलमा रहेका नेपालीहरुको बारेमा यसु बस्नेतले जानकारी गराएकी थिइन् । 

दुतावासको तथ्यांक अनुसार अहिले मलेसियामा २ लाख भन्दा बढी श्रमीक कार्यरत रहेका छन् । मलेसियामा पछिल्लो समयमा भइरहेको श्रमीक समस्याको बारेमा स्थलगत रिपोर्टिंगका लागी जनसवाल राष्ट्रिय दैनिकका संपादक रामजी बगाले, साझा सबाल डटकमका प्रधान सम्पादक अनिल अधिकारी, नयाँ सडक दैनिकका संपादक तथा पत्रकार महासंघका केन्द्रिय सदस्य ज्ञानप्रसाद पौडेल, ब्रेकएण्डलिंक्स डटकमका पत्रकार डिल्ली पाण्डे, प्रदेश अनलाइन खबर डटकम र एसियन खबर डटकमका पत्रकार शेखर लामा लगायत रहेका छन् ।

सम्बन्धित भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ