भदौं २७, काठमाडौं । राहदानी (पासपोर्ट) हराए अब प्रहरी रिपोर्ट लिन नपर्ने भएको छ । राहदानी विभागले सम्बन्धित जिल्ला प्रहरी कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौं २७, काठमाडौं । राहदानी (पासपोर्ट) हराए अब प्रहरी रिपोर्ट लिन नपर्ने भएको छ । राहदानी विभागले सम्बन्धित जिल्ला प्रहरी कार"/>
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

पासपोर्ट हराए अब प्रहरी रिपोर्ट र पत्रिकाको सूचना नचाहिने, यस्तो छ नयाँ प्रक्रिया !

२७ भाद्र २०७३, सोमबार ०८:५९

भदौं २७, काठमाडौं । राहदानी (पासपोर्ट) हराए अब प्रहरी रिपोर्ट लिन नपर्ने भएको छ । राहदानी विभागले सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट रिपोर्ट ल्याउनुपर्ने व्यवस्थालाई हटाएको हो ।

प्रहरी कार्यालयबाट प्रहरी रिपोर्ट ल्याउने प्रक्रिया झन्झटिलो भएको र सर्वसाधारणले बढी सास्ती खेप्नुपरेको भन्दै राहदानी विभागले सहजताका लागि प्रहरी रिपोर्ट नचाहिने व्यवस्था लागू गरेको हो ।

नेपाल प्रहरीसँगको सहकार्यमा राहदानी विभागले प्रहरी रिपोर्ट लिन नपर्ने व्यवस्था मिलाइएको विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिए । ‘अब पत्रपत्रिकामा पनि राहदानी हरायो भनेर सूचना दिइरहनु पर्दैन’, महानिर्देशक थापाले भने, ‘सिधै राहदानी विभाग आएर जानकारी गराउन सक्छन् ।’

थापाका अनुसार पासपोर्ट हराए अब सिधै राहदानी विभागमा गएर निवेदन दिनुपर्नेछ । त्यसपछि विभागले त्यसको भेरिफाइ गरेर नेपाल प्रहरीलाई जानकारी गराउनेछ । राहदानी विभागले पठाएको इमेल नेपाल प्रहरीले बढीमा ५ मिनेट भित्रमा रिप्लाई गर्नेछ । त्यसपछि प्रहरीले इन्टरपोलमार्फत सबै देशहरुमा हराएको राहदानी नम्बर इमेल गर्छ ।

इन्टरपोलले सबै देशका विमानस्थलमा फेरि सो बारे जानकारी गराउनेछ । हराएको पासपोर्ट कसैले बोकेर हिँडे त्यो मानिस पक्राउ पर्ने महानिर्देशक थापाले बताए । राहदानी विभागले नयाँ व्यवस्था लागू भएपछि अरूको नाममा पासपोर्ट बोकेर यात्रा गर्ने, एमआरपी अरुलाई बेच्नेजस्ता काम बन्द हुने विश्वास आफूहरुले लिएको महानिर्देशक थापाले बताए ।

विगतमा सभासदहरु नै राहदानी बेच्ने कार्यमा सम्ंलग्न रहेका थिए । त्यस्तै केही महिनाअघि मलेसियाबाट आएका १० नेपाली युवा त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए। उनीहरुले अरुको नाममा जारी भएको एमआरपी बोकेर नेपाल आएका थिए ।

राहदानी हराए कुन क्षेत्रमा हराएको हो, क कर्गको राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्नुपर्दथ्यो । त्यसको अर्धकट्टी बोकेर राहदानी हराउने व्यक्ति प्रहरीकहाँ उजुरी गर्न जानु पर्दथ्यो । त्यसपछि प्रहरीले दिएको रिपोर्ट लिएर फेरि राहदानी हराउने ब्यक्ति राहदानी विभागमा गएर निवेदन दिनुपर्ने झन्झटिलो प्रक्रिया थियो । सेतोपाटीबाट 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै