विजय थापा | असोज ८, वाशिंगटन डिसी | 

युवा ,प्रतिभाशाली तथा भाग्यशाली चलचित्र निर्देशक दिनेश राउतलाई चलचित्रको फाँटमा ज्यादा परिचय गराई रहनु नपर्ला l​ ​हता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा | असोज ८, वाशिंगटन डिसी | 

युवा ,प्रतिभाशाली तथा भाग्यशाली चलचित्र निर्देशक दिनेश राउतलाई चलचित्रको फाँटमा ज्यादा परिचय गराई रहनु नपर्ला l​ ​हता"/>

३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरस्कार चलचित्रकर्मीको उर्जा हो, प्रेरणा हो अनि हौसला हो : निर्देशक राउत

८ आश्विन २०७३, शनिबार १५:०६

विजय थापा | असोज ८, वाशिंगटन डिसी | 

युवा ,प्रतिभाशाली तथा भाग्यशाली चलचित्र निर्देशक दिनेश राउतलाई चलचित्रको फाँटमा ज्यादा परिचय गराई रहनु नपर्ला l​ ​हतारमा चलचित्र निर्माण गर्नु भन्दा धैर्य धारण र प्रतिक्षा गरि चलचित्र निर्माण गर्नु पर्छ भन्ने आफ्नो धारणा र मान्यता रहेको बताए l

निर्देशक राउतलाई चलचित्रको नाम कसरी अंग्रेजीमा रहन पुग्यो भन्ने सवालमा उनि भन्छन शायद कथा बस्तुले मागेकोले या संयोगले त्यसो हुन् पुगेको बताए l

आफु समय कुरेर भए पनि राम्रो चलचित्र बन्न सकोस भन्ने आफ्नो चाहना भएकोले आफुले सन् २०१२ मा बनाएको आइएम सरी ,नोबेम्बर रेन २०१४ र सन् २०१६ मा बनाएको क्लासिक लोकप्रिय चलचित्रहरु प्रेममा आधारित बन्न गएको बताए l

उनले अगाडी भने चलचित्र बनाए पछि दर्शकले मन पराई दिनु पर्छ भन्दै आफु त्यस तर्फ ज्यादा केन्द्रित रहने बताए l चलचित्रमा जीवन खोज्ने अनि जीवन भोगाई जस्तै चलचित्र बनाउने निर्देशक हुन दिनेश राउत । दिमाख र आँखाले भन्दा आफ्ना चलचित्रलाई मनले हेरि दिनु पर्छ भनेर आग्रह गर्ने निर्देशक राउतले मन छुने चलचित्र बनाएकै कारण सबैको प्रशंसा पाई रहेका हुन्छन् ।

हुन त मान्छेको आफ्नो स्वभाव पनि उसको चलचित्रमा झल्कने गर्छ । राउतको सन्दर्भमा पनि यस्तै भएको होला । राउत स्वभावले अत्यन्त शान्त, मिलनसार, भद्र र बौद्धिक छन् । अनि आफ्ना साथीहरु माझ उत्तिकै प्रेमिल छन् । आइएम सरी देखि क्लासिक सम्म सानो सानो कुरालाई ध्यान दिएर हेर्ने हो भने उनको यो स्वभाव झल्केको पाउँछौं हामी l 

चलचित्रलाई जीवन मान्ने निर्देशक राउतले आफ्नो जीवन पनि चलचित्र नै सम्झन्छन् । स्वदेश भित्रै अन्य क्षेत्रबाट आएका विभिन्न प्रस्तावहरुको वास्ता नगरि चलचित्र क्षेत्रमा लागि रहेका उनलाई विदेशमा स्थायि बसोबासको प्रस्ताव नआएको पनि होइन उनि भन्छन । तर उनले आफ्नो जीवन नै चलचित्र सम्झेकोले यि सबै कुरालाई वेवास्ता गरि दिए ।

सफल र असल दुई फरक कुराहरु हुन । तर राउतमा यि दुवै गुण पाइन्छ । उनी एउटा असल अनि कुशल निर्देशक त हुन नै त्यत्तिकै मात्रमा पनि सफल छन् । पहिलो चलचित्र आइएम सरीबाट विभिन्न पुरस्कारमा नव निर्देशकको विधामा मनोनयनमा परे पनि नोभेम्वर रेनबाट उनलाई पहिलो पुरस्कार हात लागेकोमा दंग भएको सम्झना गरे l

डिजिटल फिल्म अवार्ड २०७१ मा उनी चलचित्र नोभेम्वर रेनबाट उत्कृष्ट निर्देशक घोषित भए भने उनको चलचित्र नोभेम्बर रेन उत्कृष्ट चलचित्र भयो l अनि सोही चलचित्रबाट उनले बक्स अफिस चलचित्र पुरस्कार पनि प्राप्त गरे ।

निर्देशक राउतको सफलताको कथा जारी छ । उनले हालै मात्र देशकै प्रतिष्ठित एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२ मा “प्रकाश” सर्वोत्कृष्ट निर्देशक, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन् । 

चलचित्र पनि व्यवसायिक बन्न सक्छ र ?  भनि प्रश्नहरु उठिरहेको समयमा आज भन्दा झण्डै ५ दशक अगाडी निर्देशक प्रकाश थापाले व्यवसायिक चलचित्र निर्देशनको रेखा कोरेका थिए । आज चलचित्र व्यवसायिक बनिरहेका छन् जसको श्रेय उनै थापालाई जान्छ । 

त्यस्तो व्यक्तिको नामबाट स्थापित “प्रकाश” सर्वोत्कृष्ट निर्देशक, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गर्नु जो कोही निर्देशकको लागि गर्वको कुरा हो । अनि उसको उत्कृष्टता र सफलताको मापन पनि हो । यस अर्थ पनि आजको दिनमा राउत कुशल, असल  अनि सफल निर्देशक हुन भन्दा धक मान्नु पर्दैन ।

उनलाई चलचित्र विधामा दिने पुरस्कारका बारेमा सवाल गर्दा उनि भन्छन पुरस्कार चलचित्रकर्मीको उर्जा हो, प्रेरणा हो अनि हौसला हो । राउत पनि “प्रकाश” सर्वोत्कृष्ट निर्देशक, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरिसके पछि आफुले अझ उत्कृष्ट चलचित्र बनाउनु पर्छ भन्ने कुरा महशुस भइरहेको बताउँछन् । 

हाल उनी दुई चलचित्रको आलेखमा काम गरिरहेको बताए l र ति दुवै चलचित्र पहिलेको भन्दा अझ उत्कृष्ट बनाउने विश्वासमा छन् ।

उनलाई नेपाली चलचित्रले अन्तर्राष्ट्रिय ख्याती प्राप्त अस्कार पुरस्कार कहिले हासिल गर्ला र यता तिर हाम्रो सोच किन गै रहेको छैन भन्ने प्रश्नमा निर्देशक राउत भन्छन नेपाली चलचित्र पनि निकै स्तरीय निर्माण हुन् थालेको स्मरण गराए l अब चलचित्र उद्योगमा लाग्ने ले यस तर्फ सोच्न थालनी गरि सकेको बताए l हामी पनि केहि कमि छैनौ भन्दै अब कालान्तरमा नेपाली चलचित्रले पनि अस्कर पुरस्कार जित्न सक्ने आफुले आधार देखेको बताए l  

२०५३ सालबाट राउतले चलचित्र क्षेत्रमा जीवन यात्रा शुरु गरेका हुन । नेपाल टेलिभिजनबाट आउने धारावाहिकको सह निर्देशक हुँदै चलचित्र यात्रामा औपचारिक पाइला सारेका राउतले त्यसपछि केही चलचित्रमा समेत सहायक तथा मुख्य सहायक निर्देशक भई काम गरेको बताए l

चलचित्रमा काम गरि रहदा यसैलाई आफ्नो चलचित्र पाठशाला र विश्व बिद्यालय मानेका राउत त्यही सिकाइका कारण आज सफल निर्देशक भएका छन् । 

हुन त अहिले राउतलाई निकै चलचित्रको प्रस्ताव आउने गरेको बताए । तर उनी आफ्नो मान्यताबाट डगमगाएका छैनन् । यसैले त २०६८ देखि २०७३ सम्म जम्मा ३ वटा चलचित्र निर्देशन गरेका छन् ।

प्रेम कथा का प्रेमिल निर्देशक दिनेश राउत सफल मात्र होइन उत्कृष्ट पनि हुन् l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरे संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती सेवा विधेयक अघि बढाउन ढिलाइ गरिए आन्दोलन गर्ने चेतावनी दियो मन्त्री प्रदीप यादवद्वारा मेलम्चीमा छड्के अनुगमन, १६ कर्मचारी अनुपस्थित पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरे प्रधानमन्त्री ओलीले सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए रवि लामिछाने थुनाः सर्वोच्च अदालतले मगायो उच्चको कैफियत प्रतिवेदन नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, अधिकांश पर्यटकीय गन्तव्य पर्यटकले भरिभराउ शेरबहादुर देउबाले शिक्षकहरुको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए नेप्से परिसूचक आठ अङ्कले घट्यो करेन्ट लागेर २ जनाको मृत्यु लागुऔषध र अवैध पेस्तोलसहित एक जना भारतीय नागरि पक्राउ राजावादी प्रदर्शनका क्रममा चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतबाट छुट्न थाले भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्था लगायत सेयर बजार बन्द रहने पर्सा प्रहरीले कफ्र्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरे इसेवाले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधिको माग गर्यो अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तोकियो अवैध लागुऔषधसहित १७ जना पक्राउ प्रधानमन्त्री ओलीले तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरे रवि लामिछानेको मुद्दा सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता