२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अभिनयसँगै रामायणको निर्माता बने यश

२०८१, १ बैशाख शनिबार ०८:४६

वैशाख १, काठमाडौँ । केजीएफ फेम यश नितेश तिवारीको फिल्म रामायणमा निर्माता बनेका छन् ।

उनले रामायणका लागि प्राइम फोकस स्टुडियोका मालिक नमित मल्होत्रासँग हात मिलाएका हुन् ।यश यसअघि फिल्ममा अभिनेताका रूपमा जोडिएका थिए । यशले आफ्नो लामो समयदेखिको लक्ष्य भारतीय सिनेमालाई विश्व स्तरमा पुर्याउने फिल्म बनाउने रहेको बताए ।


यशले नमितसँग फिल्मको भिएफएक्सबारे छलफल गरेको बताए । नमितले यो चलचित्र निकै ठुलो बन्ने विश्वास व्यक्त गरे । नमित मल्टिपल एकेडेमी अवार्ड विजेता भिजुअल इफेक्ट कम्पनी डिएनइजीका ग्लोबल सीईओ पनि हुन् ।

यशले लस एन्जलसको भिएफएक्स स्टुडियो चलाउने व्यक्ति भारतीय (नमित मल्होत्रा) हो भन्ने थाहा पाउँदा निकै अचम्म लागेको बताए । यस फिल्मसँग नमित मल्होत्रा ​​पहिले नै जोडिएको खुलासा भएको छ । रामायणसँग यस अघि अभिनेताको रुपमा जोडिएको र अब फिल्ममा सह–निर्माताको जिम्मेवारी लिएको बताए ।

हालै रामायणको सुटिङसँग सम्बन्धित केही तस्विरहरु भाइरल भएका छन् । तस्बिरमा अरुण गोविल रामको भूमिकामा देखिएका छन् । जहाँ लारा दत्त कैकेयीको भूमिकामा देखिएकी थिइन् । फिल्म सिटीमा गुरुकुलको सेट तयार भइसकेको छ । फिल्मको पहिलो शेड्युलमा राम, लक्ष्मण र भरतको बाल्यकालको भूमिका निभाएका बाल कलाकारहरू सुटिङमा देखिएका छन् । यसमा अभिनेता शिशिर शर्मा गुरु वशिष्ठको भूमिकामा देखिनेछन् । चाँडै रणवीर कपुरले पनि फिल्मको छायांकन सुरु गर्नेछन् ।

यस फिल्ममा रणवीर भगवान रामको भूमिकामा देखिनेछन् । रणवीरले भगवान रामको अभिव्यक्ति र भाषाशैलीलाई राम्रोसँग फिल्म गर्न आवाज र डिक्शन तालिम लिइरहेका छन्। साउथ अभिनेत्री साई पल्लवी सीताको भूमिकामा देखिनेछिन् । यसले यस फिल्ममा रावणको भूमिका निभाउने बताइएको भएपनि अहिलेसम्म स्पष्ट गरिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना