१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अभिनयसँगै रामायणको निर्माता बने यश

१ बैशाख २०८१, शनिबार ०८:४६

वैशाख १, काठमाडौँ । केजीएफ फेम यश नितेश तिवारीको फिल्म रामायणमा निर्माता बनेका छन् ।

उनले रामायणका लागि प्राइम फोकस स्टुडियोका मालिक नमित मल्होत्रासँग हात मिलाएका हुन् ।यश यसअघि फिल्ममा अभिनेताका रूपमा जोडिएका थिए । यशले आफ्नो लामो समयदेखिको लक्ष्य भारतीय सिनेमालाई विश्व स्तरमा पुर्याउने फिल्म बनाउने रहेको बताए ।


यशले नमितसँग फिल्मको भिएफएक्सबारे छलफल गरेको बताए । नमितले यो चलचित्र निकै ठुलो बन्ने विश्वास व्यक्त गरे । नमित मल्टिपल एकेडेमी अवार्ड विजेता भिजुअल इफेक्ट कम्पनी डिएनइजीका ग्लोबल सीईओ पनि हुन् ।

यशले लस एन्जलसको भिएफएक्स स्टुडियो चलाउने व्यक्ति भारतीय (नमित मल्होत्रा) हो भन्ने थाहा पाउँदा निकै अचम्म लागेको बताए । यस फिल्मसँग नमित मल्होत्रा ​​पहिले नै जोडिएको खुलासा भएको छ । रामायणसँग यस अघि अभिनेताको रुपमा जोडिएको र अब फिल्ममा सह–निर्माताको जिम्मेवारी लिएको बताए ।

हालै रामायणको सुटिङसँग सम्बन्धित केही तस्विरहरु भाइरल भएका छन् । तस्बिरमा अरुण गोविल रामको भूमिकामा देखिएका छन् । जहाँ लारा दत्त कैकेयीको भूमिकामा देखिएकी थिइन् । फिल्म सिटीमा गुरुकुलको सेट तयार भइसकेको छ । फिल्मको पहिलो शेड्युलमा राम, लक्ष्मण र भरतको बाल्यकालको भूमिका निभाएका बाल कलाकारहरू सुटिङमा देखिएका छन् । यसमा अभिनेता शिशिर शर्मा गुरु वशिष्ठको भूमिकामा देखिनेछन् । चाँडै रणवीर कपुरले पनि फिल्मको छायांकन सुरु गर्नेछन् ।

यस फिल्ममा रणवीर भगवान रामको भूमिकामा देखिनेछन् । रणवीरले भगवान रामको अभिव्यक्ति र भाषाशैलीलाई राम्रोसँग फिल्म गर्न आवाज र डिक्शन तालिम लिइरहेका छन्। साउथ अभिनेत्री साई पल्लवी सीताको भूमिकामा देखिनेछिन् । यसले यस फिल्ममा रावणको भूमिका निभाउने बताइएको भएपनि अहिलेसम्म स्पष्ट गरिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न