२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भारतीय अभिनेता सलमान खानको घर बाहिर फायरिङ, घरमै थिए सलमान

२०८१, २ बैशाख आईतवार ०३:०१

वैशाख २, एजेन्सी । भारतीय अभिनेता सलमान खानको घर बाहिर आज बिहान ५ बजे फायरिङ भएको छ । सलमानको बान्द्रा स्थित ग्यालेक्सी अपार्टमेन्टसंगै २ मोटरसाइकलमा सवार व्यक्तिहरुले ३ राउण्ड फायरिङ गरेका हुन् । 


फायरिङ पछि उनको घरमा सुरक्षा बढाइएको छ । घटनापछि अनुसन्धानको लागि मुम्बई प्रहरीको क्राइम ब्रान्च पुगेको छ । जुन बेला सलमानको घर अगाडी फायरिङ भयो त्यस बेला सलमान आफ्नै घरमा थिए । खानलाई लरेन्स बिश्नोई-गोल्डी बराड ग्याङ्गले ज्यान मार्ने धम्कि दिएको थियो ।

गत बर्ष २०२३ मा पनि सलमान खानलाई एक पत्रमार्फत ज्यान मार्ने धम्कि दिईएको थियो । जसमा लेखिएको थियो कि हाल सिद्धू मूसेवालाको जे हालत भएको छ त्यहि हालत सलमानको पनि हुनेछ । लरेन्स बिश्नोई मार्फत आएको उक्त धम्कीपछि सलमान खानको सुरक्षा बढाईएको थियो । उनलाई महाराष्ट्रको सरकार मार्फत Y+ क्याटगोरीको सुरक्षा छ । 

सलमानको सुरक्षाको लागि अहिले ११ जना जवान हर समय संगै रहन्छन् । जसमध्य एक वा दुई कमान्डो र २ PSO पनि समावेश हुन्छन् । सलमानको गाडीको अगाडी र पछाडी स्कटिङ गर्नको लागि दुई गाडी हुन्छन् । यसका साथै सलमानको गाडी समेत पूर्ण रुपमा बुलेट प्रुफ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना