१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

छोरीको डेभ्यु फिल्ममा शाहरुखले लगानी गरे दुई सय करोड

४ बैशाख २०८१, मंगलवार ०९:१३

बैशाख ४, काठमाडौँ |  बलिउडका किङ खान शाहरुख खान अहिले सुजोय घोषको एक्शन फिल्म ‘किंग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।

यस फिल्मलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलीज इन्टरटेनमेन्टमा निर्माण समेत गर्दैछन् । मिडिया रिपोर्टका अनुसार शाहरुखले प्रि-प्रोडक्सन चरणमा रहेको यो फिल्ममा २०० करोड भारु लगानी गर्दै छन् ।

बलिउड हंगामामा रिपोर्टका अनुसार, 'किंग' शाहरुखको महत्वाकांक्षी एक्शन फिल्म हो । यो चलचित्रको प्रि-प्रोडक्सनमा विगत एक वर्षदेखि टिमले काम गरिरहेको छ । शाहरुख आफैंले छोरीको डेब्यु फिल्मलाई ठूलो बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।


‘किंग’ सँग सम्बद्ध फिल्म निर्माता सिद्धार्थ आनन्दले अहिले केही अन्तर्राष्ट्रिय स्टन्ट निर्देशकलाई बोर्डमा ल्याउने प्रयास गरिरहेका छन् ।

सिद्धार्थ शाहरुखसँग मिलेर यो फिल्मलाई ग्लोबल एक्शन थ्रिलर बनाउने काम गरिरहेका छन् । उनले अन्तर्राष्ट्रिय स्टन्ट विज्ञहरूसँग फिल्मको स्टन्ट डिजाइन गर्दैछन् र भिएफएक्सको सहयोगमा यसलाई वास्तविक टच दिन व्यस्त छन् ।

‘किंग’ को छायांकन यसै वर्षको मेबाट सुरु हुनेछ । यसको ५ महिनामा छायांकन गरी अर्को वर्षको दोस्रो हाफमा रिलिज गर्ने निर्माण पक्षको योजना छ ।

सुहानाले गत वर्ष नेटफ्लिक्समा रिलिज भएको फिल्म ‘द आर्चिज’ बाट ओटीटी डेब्यू गरेकी थिइन् । फिल्ममा उनी वेरोनिकाको भूमिकामा देखिएकी थिइन् । यसका लागि उनले एउटा गीत पनि गाएकी थिइन् ।

यस फिल्मका अलावा शाहरुखले आफ्नो छोरा आर्यन खानलाई निर्देशन गर्दै डेब्यू वेब सिरिज ‘स्टारडम’ को सुपरिवेक्षण गरिरहेका छन् ।

त्यसैगरी शाहरुख अन्तिम पटक डिसेम्बर २०२३ मा रिलिज भएको 'डंकी' मा देखिएका थिए । उनले यसै वर्षको अन्त्यसम्ममा ‘पठान २’ को छायांकन सुरु गर्न सक्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी