१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘पुष्पाः२, द रूल’ : हाल सम्मकै महंगो मुल्यमा रिलिज अधिकारकाे खरिद

६ बैशाख २०८१, बिहीबार ११:३४

बैशाख ६, मुम्बइ | अल्लु अर्जुनको ‘पुष्पा २’ ले रिलिज अघि नै बजारमा धुम मच्चाउन थालेको छ ।

सो फिल्मको फ्रेन्चाइजी मूल्य यति बलियो छ कि यो फिल्मका लागि मानिसहरु ठूलो रकम तिर्न तयार भएका छन् । फिल्मको उत्तर भारतको थिएटर राइट्सको मामलामा पनि यस्तै भएको छ । हालै एए फिल्म्सका अनिल थडानीले कीर्तिमानी मूल्य तिरेर उत्तर भारतमा ‘पुष्पा २’ रिलिज गर्ने अधिकार किनेका छन् । 

अनिलले ‘पुष्पा– २’ बाहेक देवरा, कल्की २८९८ एडी र गेम चेन्जरको उत्तर भारतको थिएटर अधिकार पनि खरिद गरेका छन्। अनिल थडानी अभिनेत्री रविना टण्डनका पति हुन्। उनलाई देशकै सबैभन्दा ठूलो फिल्म वितरकको रूपमा गनिन्छन् ।


पिंकभिल्लाको रिपोर्ट अनुसार अनिल थडानीले उत्तर भारतमा ‘पुष्पा २’ रिलिज गर्ने अधिकार २०० करोडमा किनेका हुन, त्यो अग्रिम आधारमा। वास्तवमा, अहिलेसम्म कुनै पनि फिल्मको अधिकार यति महँगो मूल्यमा बिक्री भएको छैन। हालसम्म १४० देखि १६० करोड रुपैयाँ धेरै ठूलो मूल्य मानिन्थ्यो तर  ‘पुष्पा २’ ले त्यो अंकलाई ठूलो अन्तरले पछाडि छोडेको छ । देशैभरको फिल्म उद्योगले यो सम्झौताको चर्चा गरिरहेको छ ।

सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’ ले देशैभर तरल मचाएको थियो । अल्लु अर्जुन रातारात भारतका सुपरस्टार बनेका थिए । फिल्मका गीत देखि लिएर अल्लु अर्जुनको स्टाइल, संवाद, डान्स स्टेप र उनको शैलीलाई मानिसहरूले धेरै सम्झिएका थिए । त्यसयता चलचित्रको दोस्रो भागको प्रतिक्षा बढीरहेको छ । 

फ्रेन्चाइजको दोस्रो किस्ता निकै ठूलो स्तरमा बनाएको निर्माताहरुले बताएका छन् । यो कुरा जनताले मन पराउनेमा उनी विश्वस्त छन् । ‘पुष्पा २’ मा निर्माताले आफ्नो संस्कृतिको जरासम्म पुग्ने प्रयास गरेका छन् । त्यसैले फिल्मको प्रारम्भिक लुक्स र टिजरले मानिसमा निकै कौतुहलता पैदा गरेको छ । कतिपयले भने ‘पुष्पा २’ पनि ‘कान्तारा’को बाटोमा गएको बताएका छन् ।

हालै अल्लु अर्जुनको जन्मदिनमा फिल्मको पहिलो टिजर रिलिज भएको छ । यो फिल्मको एक एक्सन सिक्वेन्सको स्निपेट थियो। जसलाई मिश्रित प्रतिक्रिया मिलेको छ । समयमै फिल्मको काम पूरा नहुने खबर आएको थियो । त्यसैले ‘पुष्पा २’ को रिलिज स्थगित हुन सक्छ । तर टिजर रिलिजसँगै ‘पुष्पा २’ निर्धारित मितिमा रिलिज हुने पनि पुष्टि भएको छ । त्यो मिति अगस्त १५, २०२४ हो।

‘पुष्पा २’ मा अल्लु अर्जुनसँग रश्मिका मन्डन्ना, फहद फासिल, जगपति बाबु, प्रकाश राज, सुनील र अनसूया भारद्वाज जस्ता कलाकारहरु देखिदैछन् । यो चलचित्रलाई सुकुमारले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार