१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘बोक्सीको घर’ले चार दिनमा कति कमायो ?

१८ बैशाख २०८१, मंगलवार ०९:३५

बैशाख १८, काठमाडौँ । ‘बोक्सी घर’ले उत्साहजनक कमाइलाई निरन्तरता दिइरहेको छ । पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) ३ करोड २० लाख ग्रस कलेक्सन गरेको फिल्मले विकडेज (आइतबार, सोमबार र मंगलबार)मा पनि दर्शकलाई हलसम्म तानिरहेको देखिन्छ ।

मंगलबारको देशव्यापी अकुपेन्सी ४० देखि ७० प्रतिशत छ, जुन उत्कृष्ट हो । वितरण कम्पनी टी–फोकले चार दिनसम्मको कमाइ सार्वजनिक गरेको छ । आइतबार ५३ लाख र सोमबार ४१ लाख कमाइ गरेको वितरकले जनाएका छन् ।


फिल्मको चार दिने कुल कमाइ ३ करोड २४ लाख रुपैयाँ ग्रस पुगेको उल्लेख छ । मंगलबार पनि आईएनआई र क्यूएफएक्समा दर्शकीय अकुपेन्सी ५० प्रतिशत हाराहारीमा देखिन्छ । बुधबार मजदुर दिवसको सार्वजनिक बिदा भएकाले उक्त दिन फिल्मले राम्रै कमाइ गर्न सक्ने प्रक्षेपण गरिएको छ ।

दोस्रो सप्ताहन्तमा पनि फिल्मले न्यूनतम एक करोडभन्दा बढी कमाउन सक्ने अनुमान छ । यसरी दोस्रो सप्ताहन्तसम्म फिल्मको कुल कमाइ सजिलै ५ करोड पार गर्ने प्रक्षेपण वितरकको छ । फिल्मले दुई दिनमै लगानी उठाइसकेको थियो ।

केकी अधिकारीले निर्माण गरेको यो फिल्मलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । बोक्सी कुपथ्राबारेको यो फिल्म केही विदेशी डायस्पोरामा प्रदर्शनका लागि तय भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार