२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘बोक्सीको घर’ले चार दिनमा कति कमायो ?

२०८१, १८ बैशाख मंगलवार ०९:३५

बैशाख १८, काठमाडौँ । ‘बोक्सी घर’ले उत्साहजनक कमाइलाई निरन्तरता दिइरहेको छ । पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) ३ करोड २० लाख ग्रस कलेक्सन गरेको फिल्मले विकडेज (आइतबार, सोमबार र मंगलबार)मा पनि दर्शकलाई हलसम्म तानिरहेको देखिन्छ ।

मंगलबारको देशव्यापी अकुपेन्सी ४० देखि ७० प्रतिशत छ, जुन उत्कृष्ट हो । वितरण कम्पनी टी–फोकले चार दिनसम्मको कमाइ सार्वजनिक गरेको छ । आइतबार ५३ लाख र सोमबार ४१ लाख कमाइ गरेको वितरकले जनाएका छन् ।


फिल्मको चार दिने कुल कमाइ ३ करोड २४ लाख रुपैयाँ ग्रस पुगेको उल्लेख छ । मंगलबार पनि आईएनआई र क्यूएफएक्समा दर्शकीय अकुपेन्सी ५० प्रतिशत हाराहारीमा देखिन्छ । बुधबार मजदुर दिवसको सार्वजनिक बिदा भएकाले उक्त दिन फिल्मले राम्रै कमाइ गर्न सक्ने प्रक्षेपण गरिएको छ ।

दोस्रो सप्ताहन्तमा पनि फिल्मले न्यूनतम एक करोडभन्दा बढी कमाउन सक्ने अनुमान छ । यसरी दोस्रो सप्ताहन्तसम्म फिल्मको कुल कमाइ सजिलै ५ करोड पार गर्ने प्रक्षेपण वितरकको छ । फिल्मले दुई दिनमै लगानी उठाइसकेको थियो ।

केकी अधिकारीले निर्माण गरेको यो फिल्मलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । बोक्सी कुपथ्राबारेको यो फिल्म केही विदेशी डायस्पोरामा प्रदर्शनका लागि तय भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना