२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘बोक्सीको घर’ले ६ दिनमा कमायो साढे ५ करोड

२०८१, २० बैशाख बिहीबार ०८:०३

वैशाख २०, काठमाडौँ ।  फिल्म ‘बोक्सीको घर’ घरेलु बक्स अफिसमा सुपरहिट बनेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै निर्माताले कमाइ सार्वजनिक गरेका छन् ।

फिल्मले ६ दिनसम्म देशव्यापी ५ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । कुल कमाइमध्ये काठमाडौं उपत्यकामा २ करोड ७१ लाख ग्रस र उपत्यकाबाहिरका सहरमा २ करोड ७४ लाख ग्रसको हिस्सा छ ।

मुलुकका ८७ हलबाट फिल्मले उक्त कमाइ गरेको वितरकद्वय डीसीएन र टी–फोकले पत्रकार सम्मेलनमा जानकारी दिए । फिल्मको कुल कलेक्सनमा काठमाडौं उपत्यका भन्दा बाहिरका सहरको हिस्सा केही बढी छ ।

काठमाडौंमा भन्दा मोफसलमा व्यापार वृद्धि भएको सन्दर्भमा वितरक शर्माले बजार बिस्तारको नयाँ संकेतको रुपमा आफूले यसलाई हेरेको बताए । ‘काठमाडौंमा अब बजार बिस्तार हुने ठाउँ छैन । बाहिर बिस्तार हुने क्रम जारी छ । कावासोतीजस्ता सानो बजारमा पनि राम्रो कमाइ भएको छ,’ उनले भने ।

‘बोक्सीको घर’ एक करोड भन्दा कम लागतमा निर्माण भएको निर्माताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना