२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अभिभावक बन्दै जस्टिन र हेली

२०८१, २८ बैशाख शुक्रबार ०६:३५

बैशाख २८, काठमाडौँ । क्यानडाका गायक जस्टिन बिबर बुवा बन्न लागेका छन् । उनले पत्नी हेलीको बेबी बम्पसहितको तस्बिर सेयर गर्दै गर्भवती भएको घोषणा गरेका हुन् । विवाहको ६ वर्षपछि यो जोडीले पहिलो सन्तानलाई स्वागत गर्ने भएको छ । यस पललाई लिएर दुवै जना निकै उत्साहित पनि छन् ।

जस्टिनले आज आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एउटा भिडियो र केही तस्विर शेयर गरेका छन् । सेयर गरिएको तस्विरमा उनकी श्रीमती हेलीको बेबी बम्प स्पष्ट देखिन्छ । यी भिडियो र तस्विरहरु मार्फत उनले फ्यानहरुलाई यो खुसीको खबर दिएका छन् ।


यो जोडीले आफ्नो सानो पाहुना कहिले संसारमा आउने हो भन्ने बारे कुनै जानकारी दिएको छैन । यद्यपि, टिएमजी रिपोर्ट अनुसार, हेली आफ्नो तेस्रो त्रैमासिकमा छिन् ।

जस्टिन बिबरले मोडल हेली बाल्डविनसँग जुलाई ७, २०१८ मा इन्गेजमेन्ट गरेका थिए । यसैबीच, दुवै सन् २०१५ देखि रिलेशनशिपमा रहेको खबर आएको थियो तर २०१६ मा उनीहरुको ब्रेकअप भएको थियो । नोभेम्बर २०१८ मा विवाह गरेपछि, दम्पतीले २०१९ मा परिवार र साथीहरूको लागि दक्षिणी क्यालिफोर्नियामा विवाह समारोह गरेका थिए।

हेली भन्दा पहिले जस्टिनको गायिका तथा अभिनेत्री सेलेना गोमेजसँग अफेयर थियो । दुबैको भेट सन् २०१० मा भएको थियो । तर, २ वर्षपछि मात्रै उनीहरुको ब्रेकअप भयो । २ वर्ष छुट्टिएपछि दुवैले फेरि आफ्नो सम्बन्धलाई मौका दिए र सँगै बस्न थाले ।

सन् २०१६ मा सेलेना चर्चित गायक चार्ली पुथसँग डेट गरिरहेकी थिइन् भन्ने खबर आएको थियो । धेरै उतारचढावपछि सन् २०१८ मा दुवैको ब्रेकअप भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो