१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अभिभावक बन्दै जस्टिन र हेली

२८ बैशाख २०८१, शुक्रबार ०६:३५

बैशाख २८, काठमाडौँ । क्यानडाका गायक जस्टिन बिबर बुवा बन्न लागेका छन् । उनले पत्नी हेलीको बेबी बम्पसहितको तस्बिर सेयर गर्दै गर्भवती भएको घोषणा गरेका हुन् । विवाहको ६ वर्षपछि यो जोडीले पहिलो सन्तानलाई स्वागत गर्ने भएको छ । यस पललाई लिएर दुवै जना निकै उत्साहित पनि छन् ।

जस्टिनले आज आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एउटा भिडियो र केही तस्विर शेयर गरेका छन् । सेयर गरिएको तस्विरमा उनकी श्रीमती हेलीको बेबी बम्प स्पष्ट देखिन्छ । यी भिडियो र तस्विरहरु मार्फत उनले फ्यानहरुलाई यो खुसीको खबर दिएका छन् ।


यो जोडीले आफ्नो सानो पाहुना कहिले संसारमा आउने हो भन्ने बारे कुनै जानकारी दिएको छैन । यद्यपि, टिएमजी रिपोर्ट अनुसार, हेली आफ्नो तेस्रो त्रैमासिकमा छिन् ।

जस्टिन बिबरले मोडल हेली बाल्डविनसँग जुलाई ७, २०१८ मा इन्गेजमेन्ट गरेका थिए । यसैबीच, दुवै सन् २०१५ देखि रिलेशनशिपमा रहेको खबर आएको थियो तर २०१६ मा उनीहरुको ब्रेकअप भएको थियो । नोभेम्बर २०१८ मा विवाह गरेपछि, दम्पतीले २०१९ मा परिवार र साथीहरूको लागि दक्षिणी क्यालिफोर्नियामा विवाह समारोह गरेका थिए।

हेली भन्दा पहिले जस्टिनको गायिका तथा अभिनेत्री सेलेना गोमेजसँग अफेयर थियो । दुबैको भेट सन् २०१० मा भएको थियो । तर, २ वर्षपछि मात्रै उनीहरुको ब्रेकअप भयो । २ वर्ष छुट्टिएपछि दुवैले फेरि आफ्नो सम्बन्धलाई मौका दिए र सँगै बस्न थाले ।

सन् २०१६ मा सेलेना चर्चित गायक चार्ली पुथसँग डेट गरिरहेकी थिइन् भन्ने खबर आएको थियो । धेरै उतारचढावपछि सन् २०१८ मा दुवैको ब्रेकअप भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार