१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बिग बोस फेम अब्दू रोजिकले गरे अमिरासँग इन्गेजमेन्ट, जुलाई ७ मा विवाह गर्दै

३० बैशाख २०८१, आईतवार ०८:१६

बैशाख ३०, काठमाडौँ । भारतीय चर्चित रियालिटी शो  'बिग बोस' फेम अब्दु रोजिकले इन्गेजमेन्ट गरेका छन् । अब्दुले शुक्रबार राति सामाजिक सञ्जालमा दुईवटा पोस्ट सेयर गर्दै आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेका थिए ।

मंगेतर अमिराको साथमा तस्बिर शेयर गर्दै उनले आफ्नो प्रेमकथा पनि भनेका थिए ।आफूले प्रेम विवाह गर्न लागेको अब्दूले बताएका छन् । अमिरा र उनको विगत चार महिनादेखि चिनजान भएको बताइएको छ । आफूहरूले जुलाई ७ मा विवाह गर्ने र आफ्नो बिहेमा सलमान खान पनि आउने बताइएको छ । 


अब्दुले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका छन् । भिडियोमा उनी निकै खुसी देखिन्छन् । भिडियोमा आफूले इन्गेजमेन्ट गर्न लागेको उनले बताएका थिए । त्यसको एक दिनपछि शनिबार अब्दुले आफ्नो इन्गेजमेन्ट समारोहका दुई तस्बिर सेयर गरेका थिए । यी तस्बिरहरूमा अब्दु परम्परागत पोसाकमा अमिरासँग औंठी साटिरहेका देखिन्छन् ।

अमिराले शारजाहबाट बिजनेस एडमिनिस्ट्रेशन पढिरहेकी अब्दूले बताएका छन् । अमिरा र आफ्नो बिहे जुलाई ७ मा दुबईमा हुने अब्दूले बताए । यो विवाह समारोहमा सलमान खानसहित धेरै ठुला सेलिब्रेटीहरु सहभागी हुने बताइएको छ । सलमानले पनि आफूलाई फोन गरेर बधाई दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार