१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पूजार सार्की र फर्की फर्की रिलिज

१० जेष्ठ २०८१, बिहीबार ०७:२८

जेठ १०, काठमाडौँ ।  तीन सुपर स्टार रहेको फिल्म ‘पूजार सार्की’ र अनमोल केसीको ‘फर्की फर्की’ एक साथ रिलिज भएका छन् । बुद्ध जयन्तीको सार्वजनिक विदाको अवसर पारेर बिहीबारबाट दुवै फिल्म रिलिज गरिएको हो । 

‘पूजार सार्की’ मा अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको छ ।  यस फिल्मलाई राष्ट्रिय अवार्ड विजेता दिनेश राउतले निर्देशन गरेका हुन् । सामाजिक विषयमा फिल्म बनाउने निर्देशक राउतले यसअघि ‘प्रसाद’ र ‘प्रकाश’ जस्ता फिल्म बनाएका थिए । 


सुवास भुसालको निर्माण रहेको फिल्ममा आर्यनको जोडी अञ्जना बराइलीसँग बाँधिएको छ भने प्रदीपको अपोजिटमा परीक्षा लिम्बूले अभिनय गरकी छन् । फिल्म अन्तरजातीय प्रेमको कथामा बनेको छ । विकास सुवेदीको लेखन रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, शङ्कर आचार्य, प्रेम सुब्बा, सुभास गजुरेल, विद्या कार्की, बसन्त भट्ट लगायतको पनि अभिनय छ ।

त्यस्तै अनमोल केसी र जसिता गुरुङको प्रमुख भूमिका रहेको फर्की फर्की‘टाइम लुप’ को कथामा बनेको छ । यस फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । अनमोलका पछिल्ला फिल्मले बक्स अफिसमा राम्रो नगरेको अवस्थामा फर्की फर्की बक्स अफिसमा सफल हुनुपर्ने दबाब अनमोलमाथि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार