१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

हत्या आरोपमा कन्नड अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ

३० जेष्ठ २०८१, बुधबार १२:५२

जेठ ३०, काठमाडौँ । चर्चित कन्नड अभिनेता दर्शन थुगुडेपा र पवित्रा गोडालाई पक्राउ परेका छन् ।  फार्मेसी कम्पनीमा कार्यरत रेनुका स्वामीको हत्या गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ ।

अभिनेता दर्शन थुगुडेपाविरुद्ध कामाक्षीपल्या प्रहरी स्टेशनमा जुन ९ मा उजुरी परेको थियो । उनलाई बैंगलोरले मैसूरको फार्म हाउसबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार बैंगलोरको चित्तदुर्ग क्षेत्रमा बस्ने रेणुका स्वामी नामक व्यक्तिको हत्यामा अभिनेता दर्शन र अभिनेत्री पवित्राको नाम आएको छ । 

स्वामीको शव आइतबार कामाक्षीपल्या नजिकैको नालीमा फेला परेको थियो ।  मृतक रेणुका स्वामी फार्मेसी कम्पनीमा काम गर्थिन् । उनले लामो समयदेखि अभिनेत्री पवित्रालाई आपत्तिजनक म्यासेज पठाउँदै आएका थिए । 

यस वर्षको जनवरीमा पवित्रा गौडाले आफ्नो र दर्शनको सम्बन्धलाई १० वर्ष पूरा भएको सामाजिक सञ्जाल पोस्टमार्फत बताएकी थिइन् । दुवैको एक्स्ट्रा मैरिटल अफेयर चर्चामा थियो ।

४७ वर्षीय अभिनेता दर्शन कन्नड सिनेमाको एक चर्चित अनुहार हुन् । उनी कारिया, कालासिपल्या, गजा, नवग्रह, सारथी, बुलबुल, यजमान, रोबर्ट, कटेरा जस्ता कन्नड भाषाका सुपरहिट फिल्महरूको हिस्सा भइसकेका छन् । उनले ९ पटक उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन