१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फिल्म रिलिज पछि ‘लण्डन टू पेरिस’को गीत सार्बजनिक

३१ जेष्ठ २०८१, बिहीबार ०८:०९

जेठ ३१, काठमाडौँ । फिल्म ‘लण्डन टू पेरिस’को ‘हतारले’ गीत फिल्मको प्रदर्शनपछि सार्वजनिक गरिएको छ । किनकि, यो गीतले फिल्मको महत्त्वपूर्ण ‘सस्पेन्स’ खुलाउँछ ।

गीतमा नव-अभिनेता निश्चल खड्का र अभिनेत्री रुष्मा थापा प्रेम पर्दै गरेको देखाइएको छ । जबकि, ट्रेलरमा निश्चलको प्रेम अभिनेत्री साम्राज्ञी आरएल शाहसँग देखाइएको थियो । यसले गर्दा नै फिल्मको ‘सस्पेन्स’ खुल्ने डरले निर्माण टिमले यो गीत प्रदर्शनशुरु भए पछि सार्बजनिक गरिएको छ । सलिन मगरको शब्द, संगीत र स्वर रहेको गीतमा अभिनेता कबीर खड्का र अभिनेत्री गरिमा शर्माबीचको प्रेम पनि देख्न सकिन्छ ।

घनश्याम लामिछानेको निर्देशन तथा प्रदीप भारद्वाजको लेखन रहेको फिल्मले बक्स अफिसमा भने कमजोर प्रदर्शन गरिरहेको छ । यद्यपि, यो फिल्मबाट डेब्यु गरेका निश्चलको अभिनयको भने प्रशंसा गरिएको छ । यस फिल्मका निर्माता अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत र परी राना रहेका छन् ।

फिल्म जेठ २५ गतेदेखि रिलिज भएको छ ।

गीतको लिंक: https://www.youtube.com/watch?v=q7PKXdUnd-A

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ