१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भारतीय अभिनेत्री प्रियंका चोपडा घाइते

५ असार २०८१, बुधबार ०९:०३

असार ५,  काठमाडौँ । भारतीय अभिनेत्री प्रियंका चोपडा छायांकन गर्ने क्रममा घाइते भएकी छन् । अष्ट्रेलियामा आगामी हलिउड फिल्म ‘द ब्लफ’ को सुटिङ गरिरहेको बेला उनको घाँटीमा गहिरो चोट लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रियंकाले सामाजिक सञ्जालमा घाउको तस्वीर सेयर समेत गरेकी छन् । ‘भगवानलाई धन्यवाद यो चोट धेरै गहिरो छैन,’ उनले लेखेकी छन् । उनले सामाजिक सञ्जालमा सेयर गरेको घाउको तस्वीर भाइरल भएसँगै फ्यानहरुले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।


तस्वीरमा उनको घाँटीमा निकै गहिरो चोट लागेको देखिन्छ । अस्ट्रेलियामा छायांकन भइरहेकफ ‘द ब्लफ’ मा कार्ल अर्बनसँग प्रियंकाले सहकार्य गर्दैछिन् । ओटीटी प्लाटफर्म प्राइम भिडियोमा रिलिज हुने यो फिल्मको निर्देशन फ्र्यांक ई फ्लावर्सले गरिरहेका छन् ।

यसबाहेक प्रियंकाको सूचीमा जोन सीनाको फिल्म ‘हेड अफ स्टेट’ पनि छ । त्यस्तै अमेजन प्राइम सिरिज ‘सिटाडेल’को दोस्रो सिजनमा पनि उनी देखिनेछन् । त्यस्तै फरहान अख्तरको फिल्म ‘जी ले जरा’ पनि उनको सूचीमा छ, जसमा कट्रिना कैफ र आलिया भट्टको पनि मुख्य भूमिका रहनेछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन