१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भोलिबाट प्रदर्शनमा आउने चलचित्र ‘दान्भी’ले कति पायो शो ?

६ असार २०८१, बिहीबार ०७:२३

 असार ६, काठमाडौं । शुक्रवारदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दान्भी’ ले थोरै शो पाएको छ। मल्टिप्लेक्स हलहरूले बुधवारदेखि नै फिल्मको अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ।

चलचित्रलाई क्युएफएक्सनले पहिलो दिन काठमाडौंमा १६ र बाहिर ३१ शो उपलब्ध गराएको छ।


चलचित्रले आईएनआईमा १२, वान सिनेमाजमा ७, एफक्युबमा ३ गरी बिएसआर, बिग मुभीज, रन्जनालगायतका मल्टिप्लेक्स हलहरूमा पनि शो पाएको छ।

चलचित्र उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौँडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, दमौलीलगायतका प्रमुख सहरसहित ५५ वटा हलमा रिलिज हुँदैछ ।

रूपेश तामाङको निर्देशनमा बनेको चलचित्रमा नायिका पूजा शर्मा र कुन्साङ बम्जन मुख्य भूमिकामा फिचर्ड छन्।

पूजा र कुन्साङका अलावा चलचित्रमा किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायतका कलाकारको अभिनय छ।

पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता रहेको चलचित्रमा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।

चलचित्रमा संजोग राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन र कविराज गहतराज कोरियोग्राफी छ ।

चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन