Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
१२ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

गायक रतन सुबेदीको “रात दिन तिम्रै याद आउँछ, म त परदेशमा एक्लै, बोलको गीत बजारमा

१ माघ २०७३, शनिबार ०३:११


पुस, काठमाडौँ  अमेरिकाको बाल्टिमोरमा लामो समय देखि बस्दै आएका गायक रतन सुवेदी को “रात दिन तिम्रै याद आउँछ, म त परदेशमा एक्लै भन्ने नयाँ गीतको भिडियो बजारमा आएको छ ।

अन्य गीत भन्दा फरक शैलीमा उनले गाएको यो शक्ति श्रेष्ठको सहयोगमा निर्माण भएको हो l मर्मस्पर्शी यो गीतमा नेपाली चलचित्रका चर्चित नायक दिलिप रायमाझीले अभिनय गरेका छन l छायांकन अमेरिका र नेपालमा गरिएको छ l

यसको साथै बाल्टिमोरमा रहेका दिलिप श्रेष्ठ, रचना लामा ,डिम्पल भट्टराई रुडि शर्मा, बाबु के.सी. लगायतका अन्य साथीहरुले नायक दिलिप रायमाझीलाई गीति भिडियोमा साथ दिएका छन्। कामको सिलसिलामा परदेशमा संघर्षरत नेपाली परिवारहरुको कथा ब्यथा बोकेको गितमा शब्द, संगीत र स्वर गायक रतन सुबेदीको रहेको छ भने जस्मा उनलाई बिनिका प्रधानले साथ दिएकी छिन् l

भिडियो निर्माण लाईम लाईट इन्टरटेन्ट्मेन्ट्ले गरेको छ भने निर्देशन चर्चित गीति भिडियो निर्देशक प्रशन्न पौडेलले गरेका छन l उनलाई चलचित्र साँघुरोका सहायक निर्देशक भएर जोयस पाण्डेले सहयोग गरेका छन भने गीति भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन l क्यामारामा साथ सुदिप बरालले दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह