माघ ४, काठमाडौँ | नेपाल सहित देश विदेशमा रहेका नेपालीहरुले सामाजिक संजालमा रुपन्देही घर भएकी नेपाली चेली तेरिया मगरलाई जिताउन निकै कसरत गरेका छन् तर जति कोसिस गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, काठमाडौँ | नेपाल सहित देश विदेशमा रहेका नेपालीहरुले सामाजिक संजालमा रुपन्देही घर भएकी नेपाली चेली तेरिया मगरलाई जिताउन निकै कसरत गरेका छन् तर जति कोसिस गर"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाखौँ भोट दिँदा पनि किन बढ्दैन तेरियाको स्कोर ?

४ माघ २०७३, मंगलवार ०७:२१

माघ ४, काठमाडौँ | नेपाल सहित देश विदेशमा रहेका नेपालीहरुले सामाजिक संजालमा रुपन्देही घर भएकी नेपाली चेली तेरिया मगरलाई जिताउन निकै कसरत गरेका छन् तर जति कोसिस गर्दा पनि उनको स्कोर १०% बाट नबढेको देख्दा धेरै नेपाली अचम्मित बनेका छन् | कतिपयले यस बिषयमा नकारात्मक टिप्पणी समेत गरेका छन् | 

लाखौँ नेपालीको भोट पाउँदा पनि तेरियाको स्कोर नबढ्नु कि त भारतिय टिभीको छल हो कि त तीनै प्रतिष्पर्धीले समान रुपमा भोटको सामना गर्दैछन् भन्ने अड्कल सामाजिक संजालमा छाएका छन् | मंगलबारसम्म तेरियाको १०% स्कोर छ भने उनको प्रतिष्पर्धी द्वय सलमानको स्कोर १६% र शान्तनुको स्कोर ३४% रहेको छ | यही बिषयलाई अध्ययन गर्ने हो भने तीन दिन अघि पनि तेरियाको स्कोर १०% नै थियो | त्यस्तै  सलमानको स्कोर त्यतिबेला १७% थियो भने शान्तनुको स्कोर ३४% थियो | यस अवधिमा सलमानको स्कोर मात्र १% ले घटबढभएको छ | 

तीन दिन अघिदेखि स्कोरमा खासै हेरफेर नहुनु अचम्मको कुरा भएको एक नेपालीले फेसबुकमा लेखेका छन् त्यस्तै अर्का एक जनाले युटुव च्यानलमै 'तेरियाको नाममा भारतीय टिभीको छल' शिर्षकमा भिडियो पोष्ट गरेका छन् | 

भारतीय चर्चित कार्यक्रम 'झलक दिख लाजा' मा 'टप-३' को प्रतिष्पर्धामा रहेकी तेरिया मगर नेपाली हुन् | उनलाई जिताउन १४ जनवरीदेखि नेपालीहरुले भोट जारी राखेका छन् | जसको अवधि २१ जनवरी अर्थात आउँदो माघ ८ गतेसम्म रहेको छ | उनलाई तपाइँ पनि भोट गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्न सक्नुहुन्छ | 

तेरियालाई जिताउनका लागि धेरै संख्यामा एसएमएस तथा इमेल भोटको आवश्यकता पर्दछ । तेरियालाई भारतमा रहेकाहरुले उतैको सिमकार्डबाट बढिमा एक सय पटकसम्म एसएमएस भोटिंग गर्न सक्नेछन् । अनलाइन भोटिंगका लागि पनि एउटा अनलाइन पिसीबाट पनि एक सयपटकसम्म भोट गर्न सकिनेछ । 

गत शनिवारको एपिसोडमा निर्णायकहरुबाट ४० मा ४० नम्बर प्राप्त गरेर अत्याधिक नम्बर प्राप्त गर्ने प्रतिस्पर्धि जोडी मानिएका तेरिया मगर र उनको जोडी अर्थात डान्स पार्टनर आर्यन पात्रलाई निर्णायकहरु बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिस, कोरियोग्राफर फराह खान र गणेश हेगडे तथा बलिउडका चर्चित निर्देशक करण जौहरले उनीहरुको नृत्य क्षमताको मुक्तकण्ठले प्रशंसा पनि गरेका थिए ।

उनले यस अघि लाखौँ नेपालीको भोटको कारण भारतीय टेलिभिजनको ख्यातीप्राप्त डान्स कार्यक्रम 'डीआईडी लिटिल मास्टरको' उपाधि कब्जा गरेकी थिइन् | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह