माघ, काठमाडौँ । झापाबाट करिब ७ वर्ष पहिले काठमाडौं छिरेका कृष्ण भट्टराई लामो संघर्ष पछि हिजोआज नेपाली फिल्म, टेलिफिल्म, म्युजिक भिडियोका साथै सर्ट मुभीहरुको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ, काठमाडौँ । झापाबाट करिब ७ वर्ष पहिले काठमाडौं छिरेका कृष्ण भट्टराई लामो संघर्ष पछि हिजोआज नेपाली फिल्म, टेलिफिल्म, म्युजिक भिडियोका साथै सर्ट मुभीहरुको"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापाली ठिटो कृष्ण भट्टराई अभिनयमा ब्यस्त बन्दै

२०७३, ७ माघ शुक्रबार ०६:४५


माघ, काठमाडौँ । झापाबाट करिब ७ वर्ष पहिले काठमाडौं छिरेका कृष्ण भट्टराई लामो संघर्ष पछि हिजोआज नेपाली फिल्म, टेलिफिल्म, म्युजिक भिडियोका साथै सर्ट मुभीहरुको अभिनयमा ब्यस्त बनेका छन । 

झापा जिल्लाको बिकट ठाउँ टाघनडुब्बा ४, खयरबारी स्थायी घर भएका कलाकार भट्टराईले श्री डिल्लीराज मावी बाट एस एल सी पास गरि उच्च शिक्षा हाँसिल गर्न काठमाडौं छिरेका थिए । महेन्द्ररत्न क्याम्पस ताहाचलमा उच्च शिक्षा हाँसिल गर्दै अभिनयमा होमिएका कलाकार भट्टराईले शुरुवाती दिनहरुमा निकै कडा संघर्ष गर्नुपरेको थियो । 


अध्ययन, ब्यवसाय र कलाकारितालाई एकसाथ अगाडी बढाईरहेका भट्टराईले आफ्नो अभिनयलाई क्यामेरामा कैद गराउन निकै मेहेनत गर्नुपरेको थियो । नरेन्द्र धामीको निर्देशन रहेको सर्ट मुभी '' हराएको सपना'' बाट पर्दामा देखीन थालेका कलाकार कृष्ण भट्टराईले दर्जन भन्दा बढी म्युजिक भिडियो, दर्जककै हाराहारी सर्ट मुभी त्यसै गरि थुप्रै टेलिफिल्महरु, नेपालमै सर्वाधिक रुचाईएको चर्चित टेलिफिल्म मेरीबास्सैमा समेत आफ्नो अभिनय पस्किसकेका छन । 

कलाकार कृष्ण भट्टराईको डेब्यु चलचित्र नेटवर्क आउँदो माघ ७ गते बाट देश भरिका हलहरुमा प्रदर्शन हुने भएको छ ।अहिले सम्म उनको अभिनय रहेको कुनै पनि चलचित्र प्रदर्शन नभए पनि नयाँ नयाँ चलचित्रको अभिनयमा  ब्यस्त भैरहेका छन । 


बिरेन्द्र हमालसंग अभिनयको शिक्षा लिएका कलाकार भट्टराईको अभिनय रहेको नेपालमै पहिलो पटक बनेको गिती चलचित्र भाग्य प्रदर्शनको तयारीमा रहेको छ भने उनि अहिले अर्को चलचित्र काँचुलीमा ब्यस्त छन । 

ब्यबसाय र पढाईमा ब्यस्तताका बाबजुद पनि समय निकालेर थुप्रै म्युजिक भिडियो, सर्ट मुभीहरु, टेलिफिल्महरु लगायत ३ वटा ठुुलो पर्दाको चलचित्रमा समेत अभिनय गरिसकेका कलाकार कृष्ण भट्टराई नेपालमा स्थापित नायक हुन अझै कडा मेहेनत गरिरहेका छन । 

मिजासिला स्वभाव रहेका भट्टराईको अभिनयको प्रशिक्षण, लामो अभिनय यात्रा, कलाकारहरु सँगको सहकार्य र साथीभार्ई तथा दर्शकहरुको सुझाव सल्लाहालाई सँधै आत्मसाथ गर्दै अभिनयमा निखारिएका कलाकार कृष्ण भट्टराईलाई नेपालमा राम्रो सम्भावना बोकेका कलाकार रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन