माघ, काठमाडौँ । झापाबाट करिब ७ वर्ष पहिले काठमाडौं छिरेका कृष्ण भट्टराई लामो संघर्ष पछि हिजोआज नेपाली फिल्म, टेलिफिल्म, म्युजिक भिडियोका साथै सर्ट मुभीहरुको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ, काठमाडौँ । झापाबाट करिब ७ वर्ष पहिले काठमाडौं छिरेका कृष्ण भट्टराई लामो संघर्ष पछि हिजोआज नेपाली फिल्म, टेलिफिल्म, म्युजिक भिडियोका साथै सर्ट मुभीहरुको"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापाली ठिटो कृष्ण भट्टराई अभिनयमा ब्यस्त बन्दै

७ माघ २०७३, शुक्रबार ०६:४५


माघ, काठमाडौँ । झापाबाट करिब ७ वर्ष पहिले काठमाडौं छिरेका कृष्ण भट्टराई लामो संघर्ष पछि हिजोआज नेपाली फिल्म, टेलिफिल्म, म्युजिक भिडियोका साथै सर्ट मुभीहरुको अभिनयमा ब्यस्त बनेका छन । 

झापा जिल्लाको बिकट ठाउँ टाघनडुब्बा ४, खयरबारी स्थायी घर भएका कलाकार भट्टराईले श्री डिल्लीराज मावी बाट एस एल सी पास गरि उच्च शिक्षा हाँसिल गर्न काठमाडौं छिरेका थिए । महेन्द्ररत्न क्याम्पस ताहाचलमा उच्च शिक्षा हाँसिल गर्दै अभिनयमा होमिएका कलाकार भट्टराईले शुरुवाती दिनहरुमा निकै कडा संघर्ष गर्नुपरेको थियो । 


अध्ययन, ब्यवसाय र कलाकारितालाई एकसाथ अगाडी बढाईरहेका भट्टराईले आफ्नो अभिनयलाई क्यामेरामा कैद गराउन निकै मेहेनत गर्नुपरेको थियो । नरेन्द्र धामीको निर्देशन रहेको सर्ट मुभी '' हराएको सपना'' बाट पर्दामा देखीन थालेका कलाकार कृष्ण भट्टराईले दर्जन भन्दा बढी म्युजिक भिडियो, दर्जककै हाराहारी सर्ट मुभी त्यसै गरि थुप्रै टेलिफिल्महरु, नेपालमै सर्वाधिक रुचाईएको चर्चित टेलिफिल्म मेरीबास्सैमा समेत आफ्नो अभिनय पस्किसकेका छन । 

कलाकार कृष्ण भट्टराईको डेब्यु चलचित्र नेटवर्क आउँदो माघ ७ गते बाट देश भरिका हलहरुमा प्रदर्शन हुने भएको छ ।अहिले सम्म उनको अभिनय रहेको कुनै पनि चलचित्र प्रदर्शन नभए पनि नयाँ नयाँ चलचित्रको अभिनयमा  ब्यस्त भैरहेका छन । 


बिरेन्द्र हमालसंग अभिनयको शिक्षा लिएका कलाकार भट्टराईको अभिनय रहेको नेपालमै पहिलो पटक बनेको गिती चलचित्र भाग्य प्रदर्शनको तयारीमा रहेको छ भने उनि अहिले अर्को चलचित्र काँचुलीमा ब्यस्त छन । 

ब्यबसाय र पढाईमा ब्यस्तताका बाबजुद पनि समय निकालेर थुप्रै म्युजिक भिडियो, सर्ट मुभीहरु, टेलिफिल्महरु लगायत ३ वटा ठुुलो पर्दाको चलचित्रमा समेत अभिनय गरिसकेका कलाकार कृष्ण भट्टराई नेपालमा स्थापित नायक हुन अझै कडा मेहेनत गरिरहेका छन । 

मिजासिला स्वभाव रहेका भट्टराईको अभिनयको प्रशिक्षण, लामो अभिनय यात्रा, कलाकारहरु सँगको सहकार्य र साथीभार्ई तथा दर्शकहरुको सुझाव सल्लाहालाई सँधै आत्मसाथ गर्दै अभिनयमा निखारिएका कलाकार कृष्ण भट्टराईलाई नेपालमा राम्रो सम्भावना बोकेका कलाकार रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह