प्रभात सुवेदी । माघ १४, बर्दिया ।

नेपाललाई दक्षिण एशियामा नै तेस्रो भ्रष्ट मुलुक भएपछि आम नागरिकलाई नेता तथा कर्मचारीतन्त्रको व्याप्त बेथितिप्रति निकै रिस उठेको छ । यदि यस्तै हो भने अबको केही वर्षमा नै नेपालले सोमालियाला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । माघ १४, बर्दिया ।

नेपाललाई दक्षिण एशियामा नै तेस्रो भ्रष्ट मुलुक भएपछि आम नागरिकलाई नेता तथा कर्मचारीतन्त्रको व्याप्त बेथितिप्रति निकै रिस उठेको छ । यदि यस्तै हो भने अबको केही वर्षमा नै नेपालले सोमालियाला"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

भ्रष्टचारीलाई पशुपतिले यसरी काल बोलाए : के होला अब ? (हेर्नुस् भिडियो)

१४ माघ २०७३, शुक्रबार १६:१९

प्रभात सुवेदी । माघ १४, बर्दिया ।

नेपाललाई दक्षिण एशियामा नै तेस्रो भ्रष्ट मुलुक भएपछि आम नागरिकलाई नेता तथा कर्मचारीतन्त्रको व्याप्त बेथितिप्रति निकै रिस उठेको छ । यदि यस्तै हो भने अबको केही वर्षमा नै नेपालले सोमालियालाई पनि पछार्ने अवस्था नआउला भन्न सकिँदैन । जुन विश्वको उत्कृष्ट भ्रष्टाचार हुने देश हो ।

 

यस्तो अवस्था देखेपछि आम नागरिकमा मात्रै हैन यहाँ कलाकारलाई पनि सहिनसक्नु भएको छ । सामाजिक विकृति विसङ्गतिविरुद्ध आफ्ना साङ्गितीक सिर्जनाहरुका माध्यमबाट व्यङ्ग्य गर्न खप्पीस लोक तथा दोहोरी गायक पशुपति शर्माले नेपालमा व्याप्त हरेक क्षेत्रको भ्रष्ट्राचारलाई भण्डाफोर गर्दै भ्रष्ट्राचारीजति सबैलाई किरा परोस् र हैजा लागोस् भन्दै नर्कमा लैजानका लागि कालसँग हारगुहार गर्दै ‘आइज ओई काल आइज’ गीतको सार्वजनिक गरेका छन् । 

पुशपति शर्माको शब्द, सङ्गीत र स्वरमा रहेको यो गीतलाई आशिष म्युजिक प्रा.लि. ले म्युजिक नेपालको युट्युव च्यानल मार्फत बजारमा ल्याएको छ । यसको अर्को सबल पक्ष भनेको यसको उत्कृष्ट म्युजिक भिडियो पनि हो । यसमा स्वयं पशुपति शर्मा र श्रीकृष्ण बम मल्लको अभिनय रहेको छ भने दुर्गा पौडेलको निर्देशनमा छायाङ्कन गरिएको यो गीतको म्युजिक भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । 

यो गीतको बारेमा पशुपति शर्माले देशको विकृति र विसङ्गतिका विरुद्द गीतसङ्गीतका माध्यमबाट केही भएपनि आफ्नो ठाउँबाट झस्काउने हाम्रो पनि दायित्व भएकाले यस प्रकारको सिर्जना बाहिर ल्याएको साझा सबाललाई बताए । 

युट्युवमा अपलोड गरिएकै दिनमा सात हजार बढीले हेरिसकेको यो गीतको हेर्नुहोस् पुरै भिडियो :


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै