दिनेश ठकुल्ला/माघ १८, धनगढी । नेपालको सुन्दर नगर दाङ को जनकपुर जन्मिएर काठमाडौलाइ कर्मथलो बनाएका गायक मधुसुदन डाङी सानैदेखि नेपाली संगीतमा लाग्ने सोच बोकेका एउटा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/माघ १८, धनगढी । नेपालको सुन्दर नगर दाङ को जनकपुर जन्मिएर काठमाडौलाइ कर्मथलो बनाएका गायक मधुसुदन डाङी सानैदेखि नेपाली संगीतमा लाग्ने सोच बोकेका एउटा"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

संगीतका पुजारी मधुसुदन र उनको सांगीतीक यात्रा

२०७३, १८ माघ मंगलवार १२:०८

दिनेश ठकुल्ला/माघ १८, धनगढी । नेपालको सुन्दर नगर दाङ को जनकपुर जन्मिएर काठमाडौलाइ कर्मथलो बनाएका गायक मधुसुदन डाङी सानैदेखि नेपाली संगीतमा लाग्ने सोच बोकेका एउटा प्रतीभाशाली ब्यक्ति हुन । 

सानैदेखि  मधुसुदन स्कुलमा हुने सांस्कृतिक कार्यक्रम होस या गाउ ठाउमा हुने सांगीतीक कार्यक्रम कही कतै पनि सहभागी हुन छुटेनन्  । मधुसुदन गाउने मात्र नभई शब्द लेखन र लय हाल्ने काममा पनी त्यती नै सीपालु छन । 

पछिल्लो समय नेपाली गीत सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका र मनोरञ्जनात्मक विषय वस्तुलाई विशेष प्राथमिकतामा राखेर गितहरु तयार गर्दै आउनु भएको छ । मलाइ बिर्सेर जान्छौ भने जाउ  भन्ने एल्बम बाट औपचारीक सांगीतीक यात्रा सुरु गरेका उनि अहिले  पागल बनायौ, झल्को आउँछ अति, रुन न परोस जस्ता  गीतहरुमा स्वर भरिसक्नु भएको छ । 

म त पुतलि, क्या राम्रो पोखरा बजार,  यौटी गल्फ्रेन्ड चाहियो जस्ता तिजका गीतहरु र सारा खुसी दिन्छु, जवानिको ब्यथा, कति माया गर्छु, माकुरा को जालो जस्ता लोक दोहोरी गितका शब्द उहाले निर्माण गर्नु भएको छ जुन बजारमा आइसकेका र अरु थुप्रै लोक दोहोरी गीतहरु आउने तयारीमा रहेको उहाले बताउनु भयो । 

गायक मधुसुदन निरन्तर नेपाली सांगेतिक फाँटमा नयाँपन दिन लागिपरेको बताउँछन् । सांगेतिक क्षेत्रमा क्षणिक मनोरंजनका लागी नभएर निरन्तर साधना र लगावका साथ अगाडी बढ्ने र यसैबाट आफ्नो क्यारिएर बनाउने उनको दृढ संकल्प छ ।

 लोक दोहोरी क्षेत्रमा प्रवेश गरेका मधुसुदनले अहिले आफ्नो छुट्टै स्थान बनाउन सफल भएका छन् । भविष्यमा यसै क्षेत्रमा लागि नेपाली लोक संकृतिको हक र हितका लागी केहि गर्न अठोटका साथ अघि बढेको बताउछन गायक मधुसुदन ।  बाल्यकाल देखी लोकसंगीत मन पराउने मधुसदन अहिले त्यहि विद्यामा आफुलाई अगाडी बढाइरहेका छन् र सफल पनि भएका छन् । 

अग्रज दाइ हरुको प्रेरणा ले र्गदा यो क्षेत्रमा लागेको उनी बताउँछन् । 

उहाँले शब्द सिर्जना गर्नुभएका गीतहरु काचो सुपारी जस्मा स्वर दिनु भएको छ रामजी खाड र जलिज्यास्मिन गुरुङले, खुकोलो तुना लोक आधुनिक स्वर, इन्दीरा जोसी र होम पुन मगर , बार खरी स्वर ज्योती मगर र राजा राजेन्द्र धनाडी, जवानी लोक आधुनिक स्वर, जलिज्यास्मिन गुरुङ, ति आखामा स्वर अकित, बाबु र मुना थापा , सुनकै महल स्वर, अंकित बाबु र सान्ति श्री परियार , फुलको डाली खस्यो स्वर, होम बि. सी र अमृता लामिछाने, राति राति सिरानी च्याप्ने बनायौ स्वर, ज्योति मगर र पोसन डाङि लगायत १ दर्जन भन्दा बढी गीतहरुमा शब्द सिर्जना गरी सक्नु भएको र आधा दर्जन गीतहरुमा स्वर दिइ सक्नु भएको उहाले बताउनु भयो । उहाका सम्पूर्ण गीतहरु बसन्त फिल्मस् प्रा लि बाट बजार ल्याउनु भएको गायक मधुसुदनले जानकारी दिनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह