नरी बडु | जेठ ५, बैतडी । पछिल्लो समय डेउडा गायन क्षेत्रमा निकै चर्चामा आएकी गायिका रेखा जोशीकाको स्वर पहाडका लेक वेसीहरुमा निकै लोकप्रिय बनेको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | जेठ ५, बैतडी । पछिल्लो समय डेउडा गायन क्षेत्रमा निकै चर्चामा आएकी गायिका रेखा जोशीकाको स्वर पहाडका लेक वेसीहरुमा निकै लोकप्रिय बनेको छ । 

<"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

लेक–बेसीमा लोकप्रिय बन्यो गायिका रेखाको स्वर

६ जेष्ठ २०७४, शनिबार ११:२२

नरी बडु | जेठ ५, बैतडी । पछिल्लो समय डेउडा गायन क्षेत्रमा निकै चर्चामा आएकी गायिका रेखा जोशीकाको स्वर पहाडका लेक वेसीहरुमा निकै लोकप्रिय बनेको छ । 

मधुरो स्वरकी धनि गायिका रेखा जोशीले गाएका गीतहरु सहर भन्दा पहाडतीर बढी लोकप्रिय बनेका हुन् । 

घाँस काट्न गएका महिला, गोठालो गएका गोठाला र पैदल यात्रा गर्ने पहाडका स्थानीय काम संगै उनको स्वर सुनेर मोहित हुन्छन् । पहाडका सडकहरुमा गुड्ने काडीहरुमा पनि उनको स्वरको लोकप्रियता बढ्दै गएको छ । 

प्रत्यक्ष रुपमा नदेखेपनि उनको स्वरले गायिका रेखा जोशीको बयान गर्नेहरुको संख्या पनि उतिकै रहेको छ । कुनैन कुनै गितमा आफ्नो व्यक्तिगत जिवनसंग मेल खाने थुप्रै घटनाहरु सुरीलो स्वरमा गुञ्जदा हरेक व्यक्ति भावुक हुदै आफ्ना ति दिनहरु सम्झनछन् । 

गर्मिको मौसममा जंगलको छाहारीमा बसेर उनका डेउडा गित सुन्दा जो सुकै व्यक्ति पनि आनन्दको महसुस गरिरहेको पाईन्छ । 

०७१ साल बैसाख १३ गते आफ्नो जन्मदिनका दिन “घुटुक्क बाडुली लाया, रातीमा सपनी आया” डेउडा गितबाट गायन क्षेत्रमा पाईला टेकैकी रेखाका एक सय भन्दा बढी गितहरु अहिले बजारमा आइसकेका छन् । 

ओम डिजिटल रेकडिङ स्टुडियो अत्तिरियामा रेकर्ड गरेको उक्त गित उनका लागि मात्रै एतिहाँसिक बनेन उक्त गित सुदूर तथा सुदूरमा जन्मे हुर्केर देश तथा विदेशका विभिन्न ठाँउहरुमा बसोवास गर्ने श्रोताकामाझ पनि निकै लोकप्रिय बन्यो । 

बाडुली शब्दले सम्पर्क भन्दा टाढा रहेका बेला सम्झनु भन्ने बुझिन्छ । करन राना र रेखा जोशीले गाएको उक्त गितमा गायक गोपाल दयालले शब्द संकलन गरेका थिए । 

पाहडक घर बाजुराको कुलदेवमाण्डौँ (साविकको गाविस) र हाल कञ्चनपुरको भिमदत्त नगरपालिका–७ हल्दुखालमा बसोबास गर्दै आएकी छिन् । आमा बुवा बाजुरा बसेपनि उनको जन्मस्थान नै कञ्चनपुरको हल्दुखाल हो । 

सानै उमेरदेखि गित गुनगुनाउन थालेकी रेखा जोशीको पछि स्वरमा सुरिलता भरिदै जादा लोकप्रिय बन्यो । 

सुदूरपश्चिमको कला संस्कृति, भाषा र भेषभुसाको संरक्षणमा उनको स्वरको महत्वपुर्ण योगदान छ । स्नातकोत्तर तह पास गरेर मास्टर पढाईलाइ निरन्तरता दिईरहेकी रेखा आजभोली आफुलाई गित गाउन भ्याई नभ्याई भएको बताउछिन् । 

श्रोताको माया र साथले आफुले आफ्नो स्वरमार्फत सुदूरको कला संस्कृति बचाउनमा सहयोग गरीरहेको उनको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट