२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओपनिङ डेमा बक्स अफिसमा पुष्पा- २ को नयाँ रेकर्ड, कति कमायो?

२०८१, २१ मंसिर शुक्रबार ११:५६

काठमाडौँ | दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २ द रुल’ डिसेम्बर ५ मा रिलिज भएको छ । सुकुमारद्वारा निर्देशित यस फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल पनि मुख्य भूमिकामा छन् । एसएस राजामौलीको ओस्कार विजेता फिल्म ‘आरआरआर’ लाई पछाडी पार्दै फिल्मले ओपनिङ डेमा बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ ।

फिल्म १२ हजार स्क्रिनमा रिलिज भएको थियो । पोष्ट–प्रडक्शनमा ढिलाईका कारण थ्री–डीमा फिल्म रिलिज गर्ने योजना रद्द गरिए पनि स्क्रिनिङहरू टूडी र ४ डीएक्समा फिल्म रिलिज भएको थियो । स्पेशल स्क्रिनिङमा १० करोड १० लाख भारु कमाएको फिल्मले भारतीय बक्स अफिसमा १६५ करोड भारुको ओपनिङ गरेको छ । योसँगै पहिलो दिन फिल्मको कुल कलेक्शन भारतमा १७५ करोड १० लाख भारु भएको छ ।

फिल्मले तेलुगुमा ९५ करोड १० लाख, हिन्दीमा ६७ करोड, तमिलमा ७ करोड, कन्नडमा १ करोड र मलायालममा ५ करोड भारु कमाएको छ । पुष्पा २ः द रुलले रामचरण र जुनियर एनटीआरको आरआरआर फष्र्ट कलेक्शनमा निकै पछाडि छाडेको छ । आरआरआरले पहिलो दिन १३३ करोड कमाएको थियो । फिल्मको कमाई सप्ताहन्तमा थप उकालो लाग्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल