२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुस सुन्तली अभिनित ‘हरियो बिल्ला’को ट्रेलर सार्बजनिक (भिडियोसहित)

२०७४, २५ असार आईतवार ११:२६

असार, काठमाडौँ । नेपाली हाँस्यब्याङ्ग्य क्षेत्रका चर्चित हाँस्यकलाकार धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुन्जना घिमिरे निर्देशित नेपाली सामाजिक कथाबस्तु बोकेको छोटो सिनेमा हरियो बिल्लाको ट्रेलर सार्बजनिक भएको छ । 

२ मिनेट २६ सेकेण्ड लामो यस सिनेमाको ट्रेलरले सरसफाई र पारिवारीक प्रेम कथालाई प्रस्तुत गर्न खोजेको छ । 

कमेडि जनरामा निर्माण भएको यस छोटो सिनेमा ग्रामिण खानेपानि तथा सरसफाई कोषका लागि शुभ मिडिया होमले निर्माण गरेको हो । नेपालमा देखिएको सरसफाईको कमिलाई यस छोटो सिनेमाले प्रस्तुत गर्ने छ । दिपक आचार्यले लेखेको यस छोटो सिनेमा धुर्मुस सुन्तलीले निर्देशन गरेका हुन् । 

हरियो बिल्लामा सिताराम कट्टेल, कुन्जना घिमिरे, कमलमणी नेपाल, अनिता बैजु, जानुका केसी, यादव देवकोटा, सुरज सुनुवार, इन्द्रजित चौलागाँई, बिनोद राई, पल्पसा ढंगोल, लेखान्त भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

गोकुल अधिकारीले खिचेको यस छोटो सिनेमालाई रबिन भट्टले सम्पादन गरेका हुन्   भने यस सिनेमाको प्रमुख कार्यकारी निर्माताका रुपमा सरोज वली रहेका छन् । नेपालका केही बिकट ठाउँहरुमा अझै पनि सरसफाईको चेतना पुगिनसकेको हुनाले आफुहरुले यस छोटो सिनेमा निर्माण गरेको धुर्मुस सुन्तलीले जानकारी दिए । 

सरसफाईको कमी रहेको देशैभरीका बिकट गाउँहरुमा यसले प्रभाव पार्ने उनिहरुको बुझाई छ । बुझिएअनुसार यस छोटो सिनेमा निर्माणका लागि धुर्मुस सुन्तली सरसफाई दुत हुदा ग्रामिण खानेपानी तथा सरसफाई कोषले धुर्मुस सुन्तलीलाई जिम्मा दिएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह