२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि…

२०८१, २४ पुष बुधबार १२:५७

मुम्बई | लोकप्रिय गायक उदित नारायण झाको मुम्बईस्थित अपार्टमेन्टमा आगलागी भएको समाचार सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार मंगलवार साँझ उनको ११औं तल्लामा रहेको अपार्टमेन्टमा अचानक आगलागी हुन थालेको थियो, जसका कारण एक जना व्यक्तिको निधन भएको तथा अन्य केही गम्भिर घाइते भएको बताइएको छ । यो घटना मुम्बईको अन्धेरी वेस्टस्थित शास्त्री नगरको स्काईप्यान अपार्टमेन्टमा भएको हो ।

सञ्चारकर्मीसंग कुराकानी गर्दै गायक उदित नारायण झाले उक्त घटनाका बारेमा जानकारी गराएका छन् । ‘हामी यो अपार्टमेन्टको ए विङमा बस्छौं, आगलागि बी विङमा भएको हो, उनले भनेका छन्– ‘अचानक आगलागि भएपछि करिव चार घण्टाको कथक प्रयासपछि दमकलकर्मीहरुले आगोमाथि नियन्त्रण पाउनु भयो । राति करिव ९ बजेपछि आगो लाग्न थालेको थियो । म यो अपार्टमेन्टको ११ तल्लाको ए विङमा बस्छु, बि विङतर्फ आगलागी भएको हो । आगो लाग्न थालेपछि हामी तर्फ झर्यौं र तीनदेखि चार घण्टासम्म भवनको परिसरमै बस्यौं । आगलागीको दृष्य निकै खतरनाक थियो, जे पनि हुनसक्ने अवस्था थियो । हामी सुरक्षित छौं, सम्पूर्ण शुभेच्क्षुकहरुप्रति आभारी छौं ।’

‘यो घटनाले हामीलाई मानसिक रुपमा प्रभाव पारेको छ, यसबाट मुक्त हुन हामीलाई केही समय लाग्ने छ । तपार्ईंले यस्तो घटनाको बारेमा सु्न्नु भयो भने समेत तपाईं भावुक हुनु हुनेछ, तर तपाईं आफैं त्यो घटनामा पर्नु भयो भने त्यो कति पीडादायक हून्छ भन्ने कुरा बुझ्नु हुनेछ, गायक झाले भनेका छन् ।

आगोका कारण करिव ७५ वर्षका राहुल मिश्राको निधन भएको बताइएको छ, जो उदित नारायणका छिमेकी थिए । घटनामा राहुलका आफन्त रौनक मिश्रालाई गम्भिर घाइते भएका छन् ।
समाचारमा जनाएए अनुसार आगलागको कारण एउटा बलिरहेको दीयालाई मानिएको छ, जसबाट पर्दामा आगो लागेको थियो र त्यहाँबाट आगो फैलिन थाल्यो । घटनापछि राहुलकी श्रीमतीले सहयोगका लागि कराउन थालेकी थिइन् । उनलाई सहयोग गर्नका लागि सुरक्षा गार्ड दौर्डि, तर त्यतिबेला सम्म आगो निकै फैलिसकेको थियो ।

घटनालगत्तै दमकलकर्मीहरुले आगो नियन्त्रणमा लिनका लागि प्रयास थालेका थिए । राति करिव ११ः४५ बजेमात्र आगोमाथि नियन्त्रण प्राप्त भएको थियो, तर त्यो बेलासम्म धातु तथा काँचका टुक्रा जमीनमा झरिसकेका थिए । यो घटनाले उक्त भवनमा जाने बाटो नै अवरोध भएको थियो भने बिद्युतको आपूर्ति पनि बन्द गरिएको थियो । यो घटनामा उदित नारायण झा तथा उनको परिवार पूर्ण रुपले सुरक्षित रहेको छ ।

यसअघि गत पुस १० गतेका दिन बलिउडकै अर्का गायक शानको बान्द्रास्थित फर्च्यून एन्क्लेभ बिल्डिङमा पनि आगो लागेको थियो, जसका कारण ठूलो क्षति भएको थियो । शान तथा उनको परिवारलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो ।

यो घटनापछि घरमा दीयो बाल्दा निकै सावधानी अपनाउनु पर्ने देखिएको छ । जाडो मौसममा न्यायो हुनका लागि प्रयोग गरिने हिटर लगायत अन्य विद्युतीय सामग्रीहरुसमेत आगलागीको कारण बन्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन