२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीलाई गायिका आस्था राउतको कटाक्ष : न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा..

२०८१, ८ माघ मंगलवार १६:४९

काठमाडौँ | चितवनमा प्रहरीले एक युवामाथि गरेको निर्घात कुटपिटको विरोध गर्दै गायिका आस्था राउतले प्रहरीलाई कटाक्ष गरेकी छिन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै उनले बोल्नै नहुने कस्तो गणतन्त्र हो सरकार भन्दै प्रश्न समेत गरेकी छिन्।

प्रहरीको भकुर्ने बानी परिवर्तन हुनुपर्ने उनले धारणा राखेकी छन्। विदेशमा मान्छे मारेको मानिसलाई समेत प्रहरीले हात नहाल्ने उनको भनाइ छ।

उनले लेखेकी छिन्, न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा.. हाम्रो देशमा कुटेरै तह लगाउँछौँ भनेर ठोक्‍छन.. घरि घरि जुँगाको लडाइ पनि हो कि बा जस्तो पनि लाग्छ है ! संस्कार सिकाउनै भए पनि कुट्नु समाधान हैन तर कुटेरै ठिक पार्नु पर्छ भन्ने चलन छ यसरी भकुर्ने बानी परिवर्तन हुनु पर्छ जस्तो मलाई लाग्छ ! मान्छेहरु को मानसिक स्थिति नै परिवर्तन हुन सक्छ, ठाउँ कुठाउँ लाग्यो भने ज्यान जान सक्छ ! बिदेशमा मान्छे मारेकोलाई नै त हात धरि हाल्दैन ! केहि बोल्नै नहुने कस्तो गणतन्त्र हो सरकार ?? ठिक छ कल गर्छु भन्यो भने ल ल गर गर भनेर भ्यानमा हाले भै हाल्यो नि.. बरु पक्रिएर थुनामा राख्ने, जरिवाना तोक्ने वा अन्य कार्वाही गर्नपनि सकिन्थ्यो । किन राम धुलाई गर्नु त्यसरी निर्घात रुपमा बिच सडकमा !? कस्तो निरङ्कुश सासान हो ?? मामाहरुको बानी यो अहिले देखिको हैन होला ! मामाहरुको पाठ्यक्रम मै यसै गरि कुट्नु पर्छ भन्ने छ कि जस्तो पो लागो !! यो कुनै नौलो कुरा चाहिँ होइन है.. तर हामीलाई परिवर्तन चाहिन्छ है सकारात्मक

सोमबार सामाजिक सञ्जालमा चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडक खण्डमा सवारी जाँचका क्रममा प्रहरीले युवक कुटेको भिडियो भाइरल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन