१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जालमा किन एकाएक भाइरल बनिन् मोनालिसा ?

९ माघ २०८१, बुधबार १४:४१

काठमाडौँ | अहिले भारत उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाका क्रममा थुप्रै व्यक्तिहरू भाइरल बनिरहेका छन् । त्यसमा पनि बढी चर्चा साधु बाबाहरूको छ । सर्वसाधारणसँग कुरा गर्ने शैली, दिने शिक्षा र उनीहरूसँग भएको ज्ञानले गर्दा उनीहरू चर्चामा आइरहेका छन् । साधु बाबासँगै अन्य व्यक्तिहरू पनि भाइरल भइरहेका छन् ।

भाइरल हुने मध्ये एक हुन् मोनालिसा भोन्सले । इन्दोरकी सामान्य माला बिक्रेता भोन्सले सामाजिक सञ्जालमा रूप र नामका कारणले चर्चामा छिन् । उनको अनुहार वैज्ञानिक लियोनार्डो दा भिन्चीले बनाएको मोनालिसासँग मिल्दोजुल्दो भएको भन्दै धेरैले भिडिओ खिचेका छन् । ती भिडिओ सामाजिक सञ्जालमा आएपछि सामान्य तरिकाले माला बेचेर जीविको पार्जन गरिरहेकी उनी भाइरल बनिन् ।

भोन्सलेको अनौठो सुन्दरता नै उनको चर्चाको मुख्य कारण हो । उनको गहुँगोरो वर्ण, आकर्षक आँखा र तीखो नाकले धेरैलाई लियोनार्डो दा भिन्चीको मोनालिसाको सम्झना गराएको छ । उनको रहस्यमय अभिव्यक्ति र स्पष्ट अनुहारको बनावटले मानिसहरूलाई मोहित बनाएको छ ।

मोनालिसाको जीवनमा परिवर्तन ल्याउने भिडियो त्रिवेणी संगममा माला बेच्दै गरेको अवस्थामा खिचिएको थियो । त्यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले उनलाई मोनालिसासँग तुलना गर्न थाले । त्यसपछि उनको बारेमा चर्चा र बहससँगै हजारौं लाइकको बाढी आयो । चर्चाले क्षणिक फाइदा दिए पनि उनलाई त्यो चर्चा बोझ बन्न पुगेको छ ।

सामान्य जीवनयापनमा सङ्घर्ष गर्दै रमाइरहेकी उनी भाइरल बनेपछि धेरैले सेलिब्रेटीको ट्याग भिडाइदिएका छन् । जसले गर्दा उनीसँग सेल्फी खिच्न र भिडिओ बनाउन मानिसहरू आउन थाले । यसले गर्दा उनको माला बिक्रीमा कमी आएको छ । साथै मानिसहरू माला किन्नुको साटो उनीसँग फोटो खिच्न र भिडिओ बनाउनमा व्यस्त भए ।

फोटो खिच्ने नाममा सर्वसाधारणले उनलाई दुर्व्यवहार समेत गर्न थालेपछि भोन्सलेका बुबाले उनलाई घर फर्काई दिएका छन् । उनका बुबाले मिडिया असल जीवन वा जीविकोपार्जनका लागि उपयुक्त ठाउँ नभएको भन्दै आफ्नी छोरीलाई घर फर्काउन बाध्य भएको बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका केही भिडिओमा उनले मानिसहरू क्यामेरा तेर्साउँदै नआउन् भन्नका लागि आफ्नो अनुहार लुकाइरहेको समेत देखिन्छ । लावण्या बल्लाल जैनले एक्समा उक्त घटनाको भिडिओ शेयर गर्दै लेखेका छन्, “भारतीय पुरुषहरू कति घिनलाग्दा छन् ? मध्ये प्रदेशको एउटा गरिब परिवारकी एउटी युवती आफ्नो जीविका चलाउन माला बेच्न कुम्भ मेला गएकी थिइन् । तर पाप धुन गएका पापीहरू यति मोहित भए कि अब उनको परिवार आफ्नो जीविकोपार्जन धान्ने व्यवसाय बचाउन भिड हटाइरहेको छ ।” मोनालिसाले मेकअप गरिरहेको भिडिओ लगायत अन्य भिडिओहरू सामाजिक सञ्जालमा अत्यधिक भाइरल भइरहेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको सुन्दरताको प्रशंसा गरे पनि उनको व्यवसायमा परेको असरलाई कमैले मात्र ध्यान दिएको भन्दै भिडिओ खिच्नेहरूको आलोचना भइरहेको छ । सचिन गुप्ता नामक एक सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, “सबै जना उनको फोटो खिच्दै छन्, तर उनको माला कसले किन्छ ?” यसले इन्टरनेटको चर्चाले कसरी आर्थिक रूपमा असर गर्छ भन्ने देखाएको छ ।

भाइरल बनेपछि समस्यामा परेका अर्का व्यक्ति हुन्, आईआईटियन बाबाका रूपमा चर्चा पाएका एरोस्पेस इन्जिनियर अभय सिंह । आईआईटी मुम्बईबाट इन्जिनियरिङ सकेका उनी साधु किन बने भन्ने विषयले धेरैको ध्यान खिच्यो । धेरैले भिडिओ बनाउन थालेपछि उनी पनि भाइरल भए । कसलाई के भन्ने, कोसँग के बोल्ने भन्ने ख्याल नगर्दा उनी आफ्ना गुरुको आलोचना गर्न पुगे । र, उनी आश्रमबाटै निकालिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी