७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिल्म ‘एक्टर : टेक वान’विरुद्ध अदालतमा रिट दायर, प्रदर्शन रोक्न माग

१३ माघ २०८१, आईतवार १३:५९

काठमाडौँ | चलचित्र ‘एक्टर’ निर्माणपक्षले सिनेमा ‘एक्टर : टेक वान’विरुद्ध अदालतमा रिट निवेदन दायर गरेको छ । काठमाडौं जिल्ला अदालतमा शुक्रबार (माघ ११) प्रतिलिपि अधिकार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

“चलचित्रको नाम र कथावस्तु दुवै मिलेको भन्दै चलचित्र एक्टर : टेक वानविरुद्ध मुद्दा दर्ता भएको छ,” काठमाडौं अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले भने । दुवै पक्षलाई छलफलका निम्ति यही माघ १५ गते अदालतमा बोलाइएको उनले जानकारी दिए ।

रिटमा ‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न माग गरिएको छ ।

‘एक्टर : टेक वान’ माघ १६ गते रिलिज हुने तय छ । अदालतमा मुद्दासँगै यो चलचित्रको बुकिङ खुला गर्ने/नगर्ने भन्नेमा अन्योल देखिने भएको छ ।

‘एक्टर’लाई मदन घिमिरेले निर्देशन गरेका थिए । उक्त चलचित्र रिलिज भइसकेको छ । ‘एक्टर’मा प्रिन्स थापा, कशिस दाहाल, सरोज खनाल, शिवु शाह, मनीषा पाण्डे, निशा केसी भण्डारी, महेन्द्र मैनालीलगायत कलाकारको अभिनय थियो ।

‘एक्टर : टेक वान’लाई राजन भुसालले निर्देशन गरेका छन् । यो चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइरालालगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी