२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सैफलाई चक्कु आक्रमणः मिलेन अभियुक्तको ‘फिङ्गरप्रिन्ट’, अन्य व्यक्तिहरूको संलग्नता हुन सक्ने आशंका

२०८१, १४ माघ सोमबार १३:११

काठमाडौँ | बलिउड अभिनेता सैफ अली खानमाथि भएको छुरा आक्रमणको अनुसन्धानमा नयाँ तथ्य फेला परेको छ। यही जनवरी १५ राति सैफलाई घरभित्रै कसैले चक्कुले हानेर गम्भीर घाइते बनाएको थियो। घटनामा संलग्न आरोपमा शरिफुल इस्लामलाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेकाे छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सैफको घरबाट संकलन गरिएका १९ वटा फिङ्गरप्रिन्टहरू आरोपी शरिफुल इस्लामका फिङ्गरप्रिन्टसँग नमिलेको पत्ता लागेको हो।

मुम्बई प्रहरीले सैफको घरमा फेला परेका फिङ्गरप्रिन्टहरू राज्यको अपराध अनुसन्धान विभाग (CID) को फिङ्गरप्रिन्ट ब्यूरोमा पठाएको थियो। सीआईडीबाट प्राप्त रिपोर्टले ती फिङ्गरप्रिन्टहरू शरिफुलका फिङ्गरप्रिन्टसँग मेल नखाएको पुष्टि गरेको छ। यसपछि, प्रहरीले थप अनुसन्धान सुरु गरेको छ र यस घटनामा अन्य व्यक्तिहरूको संलग्नता हुन सक्ने आशंका गरिएको छ।

आरोपी भनिएका शरिफुल इस्लाम बंगलादेशी नागरिक हुन्, जो अवैध रूपमा भारत प्रवेश गरेका थिए। प्रहरीलाई उनले भनेअनुसार, कसैले उनलाई नक्कली नागरिकता कागजात बनाउनका लागि पैसा मागेको थियो, जसलाई जुटाउन उनले सैफको घरमा चोरी गर्ने प्रयास गरेका थिए। अब प्रहरीले उक्त नक्कली कागजात बनाउन सहयोग गर्ने व्यक्ति खोजी गरिरहेको छ।

स्रोतहरूका अनुसार, मुम्बई प्रहरीले आरोपीको पहिचानका लागि वेस्टर्न रेलवेसँग सहयोग मागेको थियो। सैफ बस्ने १२-तले भवनमा रहेको सीसीटीभी फुटेजमा देखिएको संदिग्धलाई पहिचान गर्न रेल्वेले फेसियल रिकग्निसन सिस्टम प्रयोग गरी केही संदिग्धको सूची बनाएको थियो। फुटेज स्पष्ट नभएकाले आरोपीलाई पक्राउ गर्न यो प्रविधिको प्रयोग गरिएको थियो।

यसैबीच, अनुसन्धानका क्रममा प्रहरीले आरोपी मोहम्मद शरिफुलले अपराधको समयमा लगाएका जुत्ता बरामद गरेको छ। यसअघि, आक्रमणमा प्रयोग गरिएको छुराको टुक्रा र रगत लागेको लुगा पनि प्रहरीले बरामद गरेको थियो। शरिफुलको लुगामा रगतका दाग फेला परेका छन् र ती फरेन्सिक परीक्षणका लागि पठाइएका छन्। साथै, बंगलादेशी नागरिक रहेका आरोपीको परिचयपत्र र चालक अनुमतिपत्र पनि प्रहरीले कब्जामा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ