७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सैफलाई चक्कु आक्रमणः मिलेन अभियुक्तको ‘फिङ्गरप्रिन्ट’, अन्य व्यक्तिहरूको संलग्नता हुन सक्ने आशंका

१४ माघ २०८१, सोमबार १३:११

काठमाडौँ | बलिउड अभिनेता सैफ अली खानमाथि भएको छुरा आक्रमणको अनुसन्धानमा नयाँ तथ्य फेला परेको छ। यही जनवरी १५ राति सैफलाई घरभित्रै कसैले चक्कुले हानेर गम्भीर घाइते बनाएको थियो। घटनामा संलग्न आरोपमा शरिफुल इस्लामलाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेकाे छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सैफको घरबाट संकलन गरिएका १९ वटा फिङ्गरप्रिन्टहरू आरोपी शरिफुल इस्लामका फिङ्गरप्रिन्टसँग नमिलेको पत्ता लागेको हो।

मुम्बई प्रहरीले सैफको घरमा फेला परेका फिङ्गरप्रिन्टहरू राज्यको अपराध अनुसन्धान विभाग (CID) को फिङ्गरप्रिन्ट ब्यूरोमा पठाएको थियो। सीआईडीबाट प्राप्त रिपोर्टले ती फिङ्गरप्रिन्टहरू शरिफुलका फिङ्गरप्रिन्टसँग मेल नखाएको पुष्टि गरेको छ। यसपछि, प्रहरीले थप अनुसन्धान सुरु गरेको छ र यस घटनामा अन्य व्यक्तिहरूको संलग्नता हुन सक्ने आशंका गरिएको छ।

आरोपी भनिएका शरिफुल इस्लाम बंगलादेशी नागरिक हुन्, जो अवैध रूपमा भारत प्रवेश गरेका थिए। प्रहरीलाई उनले भनेअनुसार, कसैले उनलाई नक्कली नागरिकता कागजात बनाउनका लागि पैसा मागेको थियो, जसलाई जुटाउन उनले सैफको घरमा चोरी गर्ने प्रयास गरेका थिए। अब प्रहरीले उक्त नक्कली कागजात बनाउन सहयोग गर्ने व्यक्ति खोजी गरिरहेको छ।

स्रोतहरूका अनुसार, मुम्बई प्रहरीले आरोपीको पहिचानका लागि वेस्टर्न रेलवेसँग सहयोग मागेको थियो। सैफ बस्ने १२-तले भवनमा रहेको सीसीटीभी फुटेजमा देखिएको संदिग्धलाई पहिचान गर्न रेल्वेले फेसियल रिकग्निसन सिस्टम प्रयोग गरी केही संदिग्धको सूची बनाएको थियो। फुटेज स्पष्ट नभएकाले आरोपीलाई पक्राउ गर्न यो प्रविधिको प्रयोग गरिएको थियो।

यसैबीच, अनुसन्धानका क्रममा प्रहरीले आरोपी मोहम्मद शरिफुलले अपराधको समयमा लगाएका जुत्ता बरामद गरेको छ। यसअघि, आक्रमणमा प्रयोग गरिएको छुराको टुक्रा र रगत लागेको लुगा पनि प्रहरीले बरामद गरेको थियो। शरिफुलको लुगामा रगतका दाग फेला परेका छन् र ती फरेन्सिक परीक्षणका लागि पठाइएका छन्। साथै, बंगलादेशी नागरिक रहेका आरोपीको परिचयपत्र र चालक अनुमतिपत्र पनि प्रहरीले कब्जामा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी