२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लाज शरणम्’ दोस्रो सातामा प्रवेश, कति कमायो?

२०८१, २२ फाल्गुन बिहीबार १२:४६

काठमाडौँ | ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । कुमार कट्टेल निर्देशित फिल्मले पहिलो साता घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ ।

पहिलो साता यो फिल्म मुलुकका झण्डै २०० शोसहित प्रदर्शनमा आएको थियो । महाशिवरात्रि अवसरमा प्रदर्शनमा आएका फिल्ममध्ये ‘लाज शरणम्’को कमाइ ‘फेरि रेशम फिलिली’ र ‘मायावी’भन्दा धेरै छ ।

तीनै फिल्म एकैसाथ आउँदा कुनैपनि फिल्मले अपेक्षाकृत कमाइ चाहिँ गर्न सकेनन् । यद्यपि, ‘लाज शरणम्’ले सुखद कमाइ चाहिँ गरेको छ । चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार फिल्मले पहिलो साता २ करोेड ७० लाख रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ ।

वितरकको डेटामा चाहिँ कमाइ केही बढी हुनसक्छ । झण्डै ३ करोड हाराहारीमा वितरकको कमाइ रिपोर्ट हुनसक्ने अनुमान छ । यो हिसाबमा दोस्रो साताको कलेक्सन समावेश छैन ।

वितरक र निर्माताले पहिलो साताको कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छैनन् । ओपनिङ चाहिँ १ करोड १० लाख रुपैयाँ ग्रस बताएका थिए । यो मल्टिस्टारर फिल्मलाई टिभी श्रृंखला ‘सक्गिो नि’को निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध