साउन १५, बुटवल | गत चैत्र महिनादेखि लुम्बिनी टेलिभिजनबाट प्रशारण भईरहेको सांगितिक विधाको रियालिटी सो लुम्बिनी राईजिङ स्टार २०७४ मा टप ५ प्रतिष्पर्धीहरु छनो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १५, बुटवल | गत चैत्र महिनादेखि लुम्बिनी टेलिभिजनबाट प्रशारण भईरहेको सांगितिक विधाको रियालिटी सो लुम्बिनी राईजिङ स्टार २०७४ मा टप ५ प्रतिष्पर्धीहरु छनो"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अव यि पाँच मध्ये एक बन्नेछन राईजिङ स्टार (को हुन टप ५ प्रतिष्प्रर्धीहरु?)

१५ श्रावण २०७४, आईतवार १३:५६


साउन १५, बुटवल | गत चैत्र महिनादेखि लुम्बिनी टेलिभिजनबाट प्रशारण भईरहेको सांगितिक विधाको रियालिटी सो लुम्बिनी राईजिङ स्टार २०७४ मा टप ५ प्रतिष्पर्धीहरु छनोट भएका छन् । 

सनिबार भएको टप ६ प्रतिस्पर्धी बाट विज्ञानी पराजुली बाहिरीएपछि फाईनल प्रतिस्पर्धाका लागि ५ जना प्रतिस्पर्धी छनोट भएका हुन् । 

बुटवल मण्डपबाट साउन २८ गते दिउसो ४ बजेदेखि हुने फाईनल प्रतियोगितामा प्रतिष्प्रधीहरुले अन्तिम प्रतिष्पर्धा गर्ने छन् । लुम्बिनी राईजिङ स्टारको अडिसन दिएका ७४ जना प्रतिस्पर्धी बाट टप ५ फाईनलका लागि छनोट भएका हुन् । 

प्रतियोगितामा प्रथम हुने प्रतिष्प्रर्धीले १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै द्धितियले ५५ हजार ५ सय ५५ र तृतियले ३३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्नेछन् ।

निर्णायक र एसएमएस भोटिङबाट छानिएका टप ५ प्रतिस्पर्धीहरुमा कपिलवस्तुका अर्जुन मिश्र, बुटवल कालिकानगरका आशिष विश्वकर्मा, अर्घाखांची जुकेनाका शुसिल आचार्य, बुटवल मैनाबगरकी सेजल गुरुङ र रुपन्देहीको तिलोत्तमाकी युनिसा पाण्डे रहेकी छन् ।

को हुन टप ५ प्रतिष्प्रर्धीहरु

अर्जुन मिश्र

कपिलबस्तु जिल्लामा जन्मिएका अर्जुन मिश्र सानैदेखि गित संगित मन पराउथे । घरमा बुवा माधव प्रसाद मिश्रले भजनको गित गाउदा उनले चनाखो भएर सुन्थे । 

बुवा भारतको सरकारी मन्दिरमा पुजा गर्ने र भजन गाउने भएकाले पनि अर्जुनले बुवाले भजन गाउदा आफुले त्यहि बाटै कला संगितमा मन गएको बताउछन । परिबारकै सहयोगबाट संगित क्षेत्रमा अगाडि बढेको बताउने १९ बर्षिय अर्जुन मिश्र बुटवलको आदर्श नगरमा बस्दै आएका छन । 

बुटवल बहुमुखी क्याम्पसमा विएससी तेस्रो बर्षमा अध्यायन गर्दै गरेका अर्जुन गायक प्रमोद खरेलका गितहरु बाट आफु प्रेरित भएका बताउछन । २ बर्ष देखि बुटवलको बागेश्वरी संगितालयमा संगित सिक्दै गरेका अर्जुन नेपाली सांगेतिक क्षेत्रमा उदाउदो नक्षेत्र बनेर अगाडि आउने लक्ष्य रहेको बताउछन । 

लुम्बिनी राईजिङ स्टारको टप ५ प्रतिस्पर्धी सम्म आईपुग्दा अर्जुन संगितको टेक्निकल लाईन, स्टोजमा गर्ने प्रस्तुती आफुले सिकेको बताउछन । उनको भोटिङ कोर्ड ४६ रहेको छ ।

आशिष विश्वकर्मा

बुटवल कालिकानगरमा बस्ने आशिष विश्वकर्मा लुम्बिनी राईजिङ स्टारका अर्का टप ५ प्रतिस्पर्धाी हुन । 

१७ बर्षिय आशिष बुटवलको कालिका माविमा कक्षा ११ मा पढदै आएका छन । पप गायक बन्ने लक्ष्य राखेका आशिष सानै उमेर देखि नै गित संगित गुनगुनाउने गर्दथे । 

पढाई र संगितलाई संगै बढाएर रक स्टार बन्ने लक्ष्य राखेका आशिष घरपरिबारकै कारण यहँ सम्म आएको बताउछन । बुटवलको बागेश्वरी संगितालयमा ४ बर्ष देखि संगित कक्षा सिक्न थालेका आशिष कमल खत्रीको गायनकला बाट प्रभावित भएका छन । 

बुवा युवराज विश्वकर्माले गित गुनगुनाईरहदा आशिष पनि त्यसमा स्वरबन्द गर्न लागि पर्थे र त्यहि बुवाकै कारण उनी संगित क्षेत्रमा लागेको बताउछन । 

लुम्बिनी राईजिङ स्टारमा प्रतिस्पर्धाी बनिरहदा आशिष जर्जहरुको कमेन्टका आधारमा स्वरको सुधार, स्टेज प्रस्तुती र टेक्निकल आईडियाहरु सिकेको बताउछन । आशिषको भोट गर्ने कोर्ड नंं ५६ हो ।

शुसिल आचार्य

अर्घाखाँचीको जुकेनामा जन्मिएका शुसिल आचार्य हाल बुटवल गोलपार्क बस्दै आएका छन । प्लस टु कान्ति माविबाट गरेका आचार्य लुम्बिनी राईजिङ स्टारका टप ५ का प्रतिस्पर्धी हुन । स्वरलाई तिखार्दै टप ५ सम्म आई पुगेका आचार्य संगितमै जीवन बिताउने योजनामा रहेका छन । 

बुटवलकै वागेश्वरी संगितालयमा संगित पढदै गरेका आचार्यलाई क्लासिकल, सेमिक्लासिकल गितहरु गाउन र सुन्न बढि मन पर्छ । 

एसएलसी दिएपछि मात्र आफनो संगित यात्रा सुरु गरेका उनले २ बर्ष देखि संगित कक्षा सिक्दै आएका छन । परिबारकै कारण यहा सम्म आईपुगेका शुशिल संगितमै व्याचलर गर्ने बताउछन । सत्य स्वरुपराज आचार्य र शिव परियारका गितहरु बाट प्रेरित भएको उनी बताउछन । 

परिबारमा कसैले पनि संगित विधालाई नअंगालेको भएपनि आचार्य संगित क्षेत्रमा रमाउने योजनामा छन । राईजिङ स्टारमा टप ७४ बाट टप ५ सम्म आईपुग्दा उनले स्टेज प्रस्तुती, क्यामरा फेस गर्न सकेको बताउछन । आचार्यको भोटिङ कोर्ड ३७ हो ।

सेजल गुरुङ

बुटवलको मैनाबगरमा बस्ने १७ बर्षिय सेजल गुरुङ लुम्बिनी राईजिङ स्टारकी टप ५ मध्येकी एक प्रतिभाशाली कलाकार हुन । 

न्यू होराईजन कलेजमा कक्षा १२ मा अध्यानर सेजल व्यवस्थापन विषय लिएर अध्ययान गरिरहेका छिन । परिवारनै संगितप्रेमी भएकै कारण संगित क्षेत्रमा रुची बढेको बताउने सेजल सफल गायीका बन्ने लक्ष्य रहेका छ । 

परिबारको साथ र सहयोगकै कारण संगित क्षेत्रमा पाईला चाल्दै गरेकी सेजल बागेश्वरी संगितालयमा १ बर्ष देखि संगित सिक्दै पनि आईरहेकी छन । 

सवै खालका गित संगित सुन्न र गलामा कला भर्न रुचाउने सेजल सानै उमेर देखि संगितमा झुम्ने गर्दथिईन । बुवा बुद्धि प्रसाद गुरुङ पनि छोरीको संगित यात्रामा आफनो सपोट रहने बताउनुहुन्छ । 

गायिका तिर्सना गुरुङको कला संगितबाट प्रेरित सेजल लुम्बिनी राईजिङ स्टारको टप ५ मा आईपुग्दा धेरै कुरा यो प्लेटफमले सिकाएको बताउछिन । सेजललाई भोट गर्ने भोटिङ कोर्ड नंं ६३ हो ।

युनिसा पाण्डे

लुम्बिनी राईजिङ स्टार २०७४ कि टप ५ प्रतिस्पर्धाी मध्ये सवैभन्दा कम उमेरकी अर्की प्रतिस्पर्धाी हुन १३ बर्षिय युनिसा पाण्डे ।

तिलोत्तमा नगरपालिकामा रहेका न्यू होराईजन जिविएस बोडिङ स्कुलमा कक्षा ८ मा पढदै गरेकी युनिसा सानै देखि कला र संगित क्षेत्रमा रुची भएको बताउछिन । 

घरमा दिदी सृष्टि पाण्डेले गित गाउदा नजिकै बसेर चासोपुर्वक सुन्ने गरेकी युनिसा अहिले दिदिले जस्तै प्रस्तुती दिन थालिसकेकी छिन । 

संगित कक्षा अहिले सम्म नल्याएकी युनिसा अब संगित कक्षा लिएरै संगित विधामा अगाडि बढने लक्ष्य रहेको बताउछिन । भावुक गित संगितहरु सुन्न र गाउन मन पर्ने युनिसालाई परिबारबाट राम्रो सपोर्ट भएकै कारण संगित क्षेत्रमा अगाडि बढेको बताउछिन । 

पढाई र संगित लाई संगसंगै लैजाने र पछि सफल गायिका बन्ने लक्ष्य राखेकी युनिसा पढाईमा समेत अव्वल छिन । युनिसालाई भोट गर्ने भोट कोडिङ नंं २५ हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’