साउन, काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुलाई सृजनशील बनाउनका लागी आयोजना हुने ‘मिस विश्वकर्मा इन्टरनेशनल’को बुधबार ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन, काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुलाई सृजनशील बनाउनका लागी आयोजना हुने ‘मिस विश्वकर्मा इन्टरनेशनल’को बुधबार ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।&nbs"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मिस विश्वकर्मा इन्टरनेशनल’को ट्यालेन्ट राउण्ड सम्पन्न

२०७४, २६ श्रावण बिहीबार १३:०७


साउन, काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुलाई सृजनशील बनाउनका लागी आयोजना हुने ‘मिस विश्वकर्मा इन्टरनेशनल’को बुधबार ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । 

आउदो ८ सेप्टेम्बरमा कतारमा हुन गइरहेको ुमिस विश्वकर्मा इन्टरनेशनलुका जम्मा १५ प्रतियोगीतहरुले बुधबार राजधानीमा एक कार्यक्रमका बिच जज्हरुका सामु आफु भित्र भएको प्रतिभा देखाएका हुन् । प्रतियोगीहरुले कसैले गीत गएका थिए त कसैले नृत्य देखाएका थिए ।

मिस ट्यालेण्टमा प्रतियोगीहरु मध्ये सिर्जना विश्वकर्मा, रेश्मा सुनार र रचना बराइली गीत गाएका थिए भने  गरिमा विश्वकर्मा, पुष्पा रामदाम, पुष्पा रामदाम, मनिषा गज्मेर, रुष्मा पटेलले, स्नेहा घतानी, शुशिला बिश्वकर्मा, जिना सेन्चुरी, निलम गज्मेर र सोनु बिश्वकर्माले नृत्य देखाएका थिए । 

साथै सबिना बिश्वकर्मा र सुजना खातीले स्पिच दिएका थिए । ट्यालेण्ट राउण्डमा आफ्नो प्रतिभा देखाएका प्रतियोगीहरु मध्ये जज्हरुले दिएको नम्बरको आधारमा टप ट्यालेण्ट छानिनेछ । ट्यालेन्ड राउण्डमा जज्को रुपमा संगीतकार राम सिटौला, गायिका जिना रसाइली, नायिका तथा मोडल शुभेक्क्षा थापा, मोडल निराजन लुईटेल र फेशन डिजाईनर सुनिता उप्रेती रहेका थिए ।

साथै अहिले तालिममा सहभागी मध्ये आउदो भदौ १ गते टप १० छानिनेछ । मिस विश्वकर्मा इन्टरनेशल को बिजेतालाई टिभिएसको स्कुटर प्रदान गरिनुको साथै एअर होस्टेजको प्रशिक्षण निःशुल्क दिइनेछ र सौर्य एअर लायन्समा जागिरको ग्यारेन्टी रहनेछ । 

साथै, मोनाली  इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा अवसर दिइने  र शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिने आयोजक मोनाली इन्टरटेन्मेन्टका सञ्चालक दिपक बराइलीले जानकारी दिए । 

सेकेन्ड रनरलाई ५० हजार र थर्ड रनरलाई ४० हजार नगदसहित अन्य अवसर रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बिजु श्रेष्ठ, बराह ज्वर्ल्स र आई एम ई ले मुख्य प्रायोजन गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना