साउन, काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुलाई सृजनशील बनाउनका लागी आयोजना हुने ‘मिस विश्वकर्मा इन्टरनेशनल’को बुधबार ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन, काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुलाई सृजनशील बनाउनका लागी आयोजना हुने ‘मिस विश्वकर्मा इन्टरनेशनल’को बुधबार ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।&nbs"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मिस विश्वकर्मा इन्टरनेशनल’को ट्यालेन्ट राउण्ड सम्पन्न

२६ श्रावण २०७४, बिहीबार १३:०७


साउन, काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुलाई सृजनशील बनाउनका लागी आयोजना हुने ‘मिस विश्वकर्मा इन्टरनेशनल’को बुधबार ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । 

आउदो ८ सेप्टेम्बरमा कतारमा हुन गइरहेको ुमिस विश्वकर्मा इन्टरनेशनलुका जम्मा १५ प्रतियोगीतहरुले बुधबार राजधानीमा एक कार्यक्रमका बिच जज्हरुका सामु आफु भित्र भएको प्रतिभा देखाएका हुन् । प्रतियोगीहरुले कसैले गीत गएका थिए त कसैले नृत्य देखाएका थिए ।

मिस ट्यालेण्टमा प्रतियोगीहरु मध्ये सिर्जना विश्वकर्मा, रेश्मा सुनार र रचना बराइली गीत गाएका थिए भने  गरिमा विश्वकर्मा, पुष्पा रामदाम, पुष्पा रामदाम, मनिषा गज्मेर, रुष्मा पटेलले, स्नेहा घतानी, शुशिला बिश्वकर्मा, जिना सेन्चुरी, निलम गज्मेर र सोनु बिश्वकर्माले नृत्य देखाएका थिए । 

साथै सबिना बिश्वकर्मा र सुजना खातीले स्पिच दिएका थिए । ट्यालेण्ट राउण्डमा आफ्नो प्रतिभा देखाएका प्रतियोगीहरु मध्ये जज्हरुले दिएको नम्बरको आधारमा टप ट्यालेण्ट छानिनेछ । ट्यालेन्ड राउण्डमा जज्को रुपमा संगीतकार राम सिटौला, गायिका जिना रसाइली, नायिका तथा मोडल शुभेक्क्षा थापा, मोडल निराजन लुईटेल र फेशन डिजाईनर सुनिता उप्रेती रहेका थिए ।

साथै अहिले तालिममा सहभागी मध्ये आउदो भदौ १ गते टप १० छानिनेछ । मिस विश्वकर्मा इन्टरनेशल को बिजेतालाई टिभिएसको स्कुटर प्रदान गरिनुको साथै एअर होस्टेजको प्रशिक्षण निःशुल्क दिइनेछ र सौर्य एअर लायन्समा जागिरको ग्यारेन्टी रहनेछ । 

साथै, मोनाली  इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा अवसर दिइने  र शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिने आयोजक मोनाली इन्टरटेन्मेन्टका सञ्चालक दिपक बराइलीले जानकारी दिए । 

सेकेन्ड रनरलाई ५० हजार र थर्ड रनरलाई ४० हजार नगदसहित अन्य अवसर रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बिजु श्रेष्ठ, बराह ज्वर्ल्स र आई एम ई ले मुख्य प्रायोजन गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही