साउन २७, काठमाडौँ | लालिगुराँस एल्बममा रहेको पप गीत  "के यो माया हो" को म्युजिक भिडियो सार्बजनिक भएको छ । बिगत लामो समय देखि नै नेपाली गीत संगीतमा प्रवेश गरेका लालिग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २७, काठमाडौँ | लालिगुराँस एल्बममा रहेको पप गीत  "के यो माया हो" को म्युजिक भिडियो सार्बजनिक भएको छ । बिगत लामो समय देखि नै नेपाली गीत संगीतमा प्रवेश गरेका लालिग"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“के यो माया हो” को म्युजिक भिडियो सार्बजनिक

२०७४, २७ श्रावण शुक्रबार ०७:२२


साउन २७, काठमाडौँ | लालिगुराँस एल्बममा रहेको पप गीत  "के यो माया हो" को म्युजिक भिडियो सार्बजनिक भएको छ । बिगत लामो समय देखि नै नेपाली गीत संगीतमा प्रवेश गरेका लालिगुराँस टिमले पहिलो गीतको म्युजिक भिडियो सार्थक डिजिटल म्युजिक प्रा.लि. मार्फत सार्बजनिक गरेका छन् । 

सुबिर पन्तको संगीत, रोहित बस्नेतको शब्द रचना रहेको उक्त गीतमा आवाज चर्चित गायक नेपाली तारा-२, सन्तोष लामा र मेलिना राईको रहेको छ । लालिगुराँस टिममा रोहित बस्नेत, सुबिर पन्त, सन्जित कुमार रायमाझी र जीवन पन्त रहेका छन् । उक्त टिमका संगीतकार सुबिर पन्त लन्डनमा छन् भने सन्जित जापानमा छन् साथै गीतकार रोहित बस्नेत र गायक जीवन पन्त नेपालमै छन् । १९९० देखिको गीत संगीतको यात्रा करिब २७ बर्ष पछाडी पूरा गर्दैछन् यो गीत मार्फत उक्त टिमले। लन्डन मै आफ्नो ब्यक्तिगत होम रेकर्डिङ स्टुडियो खोलेर आफ्नो गीत रेकर्ड गर्ने चाहाना पूरा गरेका सुबिर पन्त नेपाल बाटै पहिलो पटक आफ्नो गीत रेकर्ड भै भिडियो सार्बजनिक हुँदा निक्कै हर्षित छन् ! पछिल्लो समयको जल्दोबल्दो म्यूजिक कम्पनि "सार्थक डिजिटल"ले बजारमा ल्याएको उक्त गीतमा मोडल भेष राज गौतम र उर्मिला रायमाझिको बेजोड अभिनय देख्न पाईन्छ । संगीतकार सुबिर पन्तको एकल संगीत रहेको लालिगुराँस एल्बम केही अगाडि रिपोर्टस क्लबमा भब्यताका साथ सम्पन्न भएको थियो। मेलिना राई र सन्तोष लामा पछिल्लो समयमा गायन  क्षेत्रमा जमेको नाम हो । नेपाली कला क्षेत्रको बिकासमा उहाँहरुको देन अनुकरणीय रहनेमा दुईमत छैन् । यस गीतको छायांकन चितवनको रमणीय स्थलमा भएको हो । 

"के यो माया हो" गीत झट्ट सुन्दा चलचित्रको जस्तो सुनिए पछि हामिले सार्थक डिजिटलका प्रबन्ध निर्देशक जीवन पन्तलाई किन चलचित्रमा नदिनु भएको त उक्त गीत भनेर सोध्दा गीत फिल्मको लागि सुहाउने खालको छ र कुरा पनि आएको हो, कुरा नमिले पछि आफैले छायांकन गरेको बताए । लाखौं दर्शक तथा स्रोताको मन जित्न सफल हुनेमा कुनै दुबिधा छैन भन्नू हुन्छ उहाँ । उक्त गीतको छायांकन नरेन्द्र सिंह र सम्पादन निशान घिमिरेले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना