१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

निखिलको आगामी फिल्म ‘आचार्य’मा दुईजना बलिउड स्टार संजय दत्त र सुनिल सेट्टीमध्ये एक

११ असार २०८२, बुधबार १४:२५

काठमाडौँ । दर्शकले निखिल उप्रेतीको आगामी महत्वाकाङ्क्षी फिल्म ‘आचार्य’मा दुईजना बलिउड स्टार संजय दत्त र सुनिल सेट्टीमध्ये एकलाई देख्न पाउने भएका छन् ।

निर्देशक र पटकथा लेखक समेत रहेका निखिलले अनलाइनखबरसँग कुरा गर्दै संजय र सुनिलमध्ये एकलाई दर्शकले ‘क्यामियो रोल’मा देख्न पाउने जानकारी दिए । ‘यी दुईमध्ये एक फिल्ममा क्यामियो रोलमा देखिने सम्भावना छ’ उनले भने, ‘यसका लागि हामीले प्रयास गरिरहेका छौं ।’ क्यामियो रोल भएपनि फिल्मको बलियो भूमिकामा यी अभिनेता देखिने उप्रेतीले जनाए ।

यो महत्वपूर्ण कास्टिङको लागि उप्रेती अर्को साता मुम्बई जाँदैछन् । कथावस्तुको कारण यो फिल्ममा भारतीय कलाकार पनि प्रशस्तै हुने उनको भनाइ छ । फिल्मको शीर्ष भूमिकामा निखिल स्वयम र पूर्णिका सिजापति देखिँदैछिन् । व्यवसायिक मोडल समेत रहेकी पूर्णिकाले यो फिल्मबाट डेब्यु गर्दैछिन् ।

फिल्मका ९५ प्रतिशत कलाकारलाई साइन् गराइएको निखिलले बताए । ‘कलाकार लगभग सबैजसोलाई साइन गराइसकेका छौं’ उनले भने । उनका अनुसार यो एक्सन फिल्मको छायांकन जुलाईदेखि गर्ने तयारी छ । ‘यो सबै कुरा मौसममा निर्भर हुन्छ’ उनले भने ।

नेपाल र भारतमा छायांकन हुने फिल्मको छायांकन सुरुवात काठमाडौंबाट गर्ने जानकारी निखिलले दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ