जेठ ७, काठमाडौं ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ७, काठमाडौं ।&n"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

धुर्मुस सुन्तलीको काममा नायिका रेखा थापाको सहयोग

१३ जेष्ठ २०७३, बिहीबार ०५:५७

जेठ, काठमाडौं । गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि नायिका रेखा थापाले धुर्मुस सुन्तलीलाई सहयोग गरेकी छिन् । नायिका रेखाले धुर्मुस सुन्तली फाउण्डेशनको कार्यालयमै पुगेर एक लाख रुपैँया सहयोग हस्तान्तरण गरेकी हुन् ।

सम्पूर्ण कला जगतको प्रतिनिधित्व गर्दै धुर्मुस सुन्तलीले गरेको काममा सानो सहयोग गरेको नायिका थापाले बताएकी छिन् । आफ्ना थुप्रै फ्यानले धुर्मुस सुन्तलीको काममा सहयोग गर्न आग्रह गरेकाले पनि गिरान्चौर निर्माणका लागि सकेको आर्थिक सहयोग गरेको उनको भनाई छ ।

गिरान्चौर एकिकृत बस्ती बनाउने अभियान कला जगत सबैको साझा अभियान भएकाले सकेको सहयोग गर्नु आफ्नो कर्तव्य भएको नायिका थापाले बताएकी छिन् । धुर्मुस सुन्तलीको कामको अहिले चौतर्फी प्रशंसा भइरहेकाले अझै प्रसंशा बटुल्नका लागि अझै राम्रो काम गर्नका लागि समेत धुर्मुस सुन्तली फाउण्डेशनलाई उनले शुभेच्छा प्रकट गरेकी छिन् ।

सहयोग रकम बुझ्दै फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले रेखा थापाले गरेको सहयोग सम्पूर्ण फिल्मी क्षेत्रले गरेको सहयोग र समर्थनको रुपमा लिएको प्रतिक्रिया दिएकी छिन् । सामाजीक काममा लाग्न रेखा थापा फाउण्डेशनले गरेको सामाजीक कामले पनि आफुहरुलाई निकै प्रेरित गरेको उनले बताएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार