जेठ ११, शनिश्चरे, (झापा) Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ११, शनिश्चरे, (झापा)
२०८२, ९ चैत्र सोमबार
काठमाडौँ - KTM

लिटल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिता सम्पन्न

२०७३, १३ जेष्ठ बिहीबार ०६:१६

जेठ ११, शनिश्चरे, (झापा) । ग्ल्यारमस नेपालको आयोजना तथा रिहान ज्वयल को ईभेण्ट म्यानेजमेन्टमा बालबालिकाको क्षमता विकास र अभिवृद्धिका लागि लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले झापाको शनि–अर्जुनमा लिटल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिता भव्य तथा सभ्य रुपमा समापन भएको छ ।

उक्त कार्यक्रममा ६ वर्ष देखि १० वर्ष र ११ देखि १४ वर्ष सम्मका बालबालिकाको सहभागिता रहेको थियो । ६ देखि १० वर्ष सम्मका मध्ये प्रिन्सेस तर्फ मनिषा राई विजेता भएकी छिन भने ११ देखि १४ वर्ष तर्फ नुमा सुब्बा विजेता भएकी थिईन । दुवैजना प्रगती सेकेण्डरी स्कूल शनिश्चरेमा अध्ययनरत छन् । फस्ट रनरअप स्मृती तिम्सिना एम्स एकेडेमी शनिश्चरे , सेकेण्ड रनअरअप अनुष्का कटुवाल शनिश्चरे मा.वि. र थर्ड रनअरअप रिया लिम्बु सिर्जना स्कूल शनिश्चरे ।

त्यसैगरि प्रिन्स तर्फ ६ देखि १० वर्ष सम्मका लिजन गौतम एम्स एकेडेमी, ११ देखि १४ सम्ममा विश्वास बुढाथोकी सिर्जना स्कूलका विजेता भएका छन् । जसमा फट रनअरअप सन्देश खतिवडा प्रगती सेकेण्डरी स्कूल, सेकेण्ड रनअरअप उदय तामाङ्ग रुपरत्न मेमोरियल शनिश्चरे र थर्ड रनअरअप दिक्षीत राजवंशी एम्स एकेडेमी शनिश्चरे ।

सब टाईटल तर्फ ब्यूटिफुल क्याटवाल्क मा मनिषा राई, वेष्ट ट्यालेण्ट मोनाली डे, वेष्ट फ्रेण्डसिप अंकिता विष्ट, लब्ली पोज कृतिका खनाल, वेष्ट स्किन रिया लिम्बु, वेष्ट एक्सप्रेसन अनुष्का ढकाल, वेष्ट पर्सनालिटी अनुष्का कटुवाल, वेष्ट पर्फमेन्स सृजल कोईराला, ब्यूटिफूल स्माईल जुलिया सुब्बा, मोष्ट कन्फिडेन्ट स्मृति तिम्सिना, मोष्ट हेल्पफुल अनामिका सञ्जेल, मोष्ट ब्यूटिफुल एलिसा बुढाथोकी, वेष्ट फोटोजेनिक रुपाज्योती धमला, ब्यूटिफुल ईयर जेनिषा राई, मोष्ट प्रिटी नुमा सुब्बा, वेष्ट डिसिप्लेन गृष्मा रेग्मी रहेकाथिए भने ब्वाईज तर्फ वेष्ट पर्फमेन्स पंकज भण्डारी, मोष्ट डिसिप्लेन सन्देश खतिवडा, मोष्ट कन्फिडेन्ट उदय तामाङ्ग, वेष्ट फोटोजेनिक दिक्षीत राजवंशी, मोष्ट हेन्डसम विश्वास बुढाथोकी, वेष्ट स्माईल दिपज्वल राई, वेष्ट ट्यालेण्ट लिजन गौतम, वेष्ट स्किन हुसेन खान रहेका थिए ।

प्रतियोगिताको मूख्य निर्णायकमा नेपाल जेसिसका पूर्व उपाध्यक्ष तथा समाजसेवी भेषराज भण्डारी(प्रशान्त) तथा निर्णायकहरुमा मोडल प्रनिशा उदाश, ड्रेस डिजाईनर,अन्तथराष्ट्रिय खेलाडी, मेचीनगर लेडी जेसिज का अध्यक्ष उषा श्रेष्ठ तथा डि.जे.,मोडल अर्जुन उप्रेती रहनुभएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धव थापा, विशिष्ट अतिथीहरुमा वरिष्ट पत्रकार तथा समाजसेवी दिपेन राई, शसस्त्र प्रहरिबल शनिश्चरेका डि.एस.पि. बहादुर सिंह थापा र धर्मोदय संस्था झापाका अध्यक्ष तथा नेवाः देयः दवुः का केन्द्रिय सदस्य दिनेश शाक्य रहनुभएको थियो ।

ग्ल्यामरस नेपालका सञ्चालिका कविता ज्वयल श्रेष्ठको अध्यक्षतामा सम्पन उक्त कार्यक्रमको स्वागत मन्तव्य लक्ष्मण ज्वयल श्रेष्ठ तथा कार्यक्रमको उद्देश्यमाथि वलिउड मोडल तथा ग्ल्यामरस नेपालका संस्थापक अध्यक्ष आशिम ज्वयल श्रेष्ठले प्रकाशपार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन ऋतिष्मा सुनुवार तथा अमित खम्बुले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो