साउन १४, काठमाडौँ | हाँस्य कलाकारहरु सामाजीक काममा निकै सक्रिय भइरहेका छन् । टेलिभिजनको पर्दामार्फत दर्शक हँसाइरहेका उनीहरु दुख र पि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौँ | हाँस्य कलाकारहरु सामाजीक काममा निकै सक्रिय भइरहेका छन् । टेलिभिजनको पर्दामार्फत दर्शक हँसाइरहेका उनीहरु दुख र पि"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

सहयोगी मनहरुलाई जिग्री पाँडेको अपील

१४ श्रावण २०७३, शुक्रबार ०७:५६

साउन १४, काठमाडौँ | हाँस्य कलाकारहरु सामाजीक काममा निकै सक्रिय भइरहेका छन् । टेलिभिजनको पर्दामार्फत दर्शक हँसाइरहेका उनीहरु दुख र पिडामा रहेका दर्शकको सहायतामा पनि सक्रिय देखिएका छन् । भूकम्पको समयमा सबै जसो हाँस्य कलाकारहरु भूकम्प प्रभावितको सहयोगार्थ खटिएका थिए । विभिन्न भूकम्प प्रभावित गाउँसम्म राहात वितरणका लागि पुगेका थिए । हाँस्य कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले विद्यालय, शौचालयसँगै एकिकृत बस्ती नै बसाए । अहिले उनीहरु दोश्रो एकिकृत बस्ती निर्माण गरिरहेका छन् ।

यसैगरी, चर्चाको शिखरमा रहेको अर्को हाँस्य जोडी कुमार कट्टेल (जीग्री) र अर्जुन घिमिरे (पाँडे) पनि समाज सेवामा उत्तिकै सक्रिय देखिन थालेका छन् । उनीहरुले पार्टीगत रुपमा नभई अब जनता विकासको लागि एक हुनु पर्ने भन्दै न्युट्रल जनता अभियान सुरु गरेका छन् । धुर्मुस सुुन्तलीसँगै मिलेर सामाजीक काम गर्दै आएका उनीहरुले सोहि अभियान अन्र्तगत बाढी पहिरो पिडितका लागि सहयोग गर्न सहयोगी मनहरुसँग अपिल गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्ती निर्माणमा खटिरहेका उनीहरुले बाढी पहिरो पिडितका लागि सहयोग गर्न सबैसँग अपिल गरेका हुन् । 

आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै उनीहरुले प्युठानको फोप्ली, लुङ, पूजा, अर्खा, राज्बरालगायतका बाढी पहिरो पिडितका लागि राहात अभियान संचालन गर्ने भन्दै सबैको सहयोग मागेका हुन् । आर्थिक सहयोगसँगै, लत्ता कपडा, औषधीलगायतका सामग्री समेत सहयोग गर्न सकिने उनीहरुले जनाएका छन् । सहयोग गर्न चाहने सहयोगी मनले ९८५१०५३६८५ मा सम्पर्क गर्न सक्नेछन् । आर्थिक सहयोग गर्न चाहने व्यक्ति वा संघ, संस्थाले लुम्बीनी बैंक नयाँ बानेश्वरको खाता नं १३२००४३३ मा सहयोग जम्मा गर्न सक्ने कुमार कट्टेलले जानकारी दिएका छन् । 

बाढी पहिरोबाट पिडितहरुलाई सहयोग पुर्याउने हेतुले सहयोग संकलन अभियान गरेको र सहयोग संकलन हुने बित्तिकै पिडित समक्ष पुर्याउन प्रतिबद्ध रहेको उनले बताएका छन् । धुर्मुस सुन्तलीसँगको सल्लाह र सहकार्यमा बाढी पिडितका लागि सहयोग संकलन अभियान चलाउन लागेको उनीहरुको भनाई छ । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार