प्रेम सुनार । चर्चित मोडल  करिश्मा ढकालको  करिश्मा नै देख्न पाईने आकर्षक नृत्यमा  निर्देशक विक्रम चौहानले साथ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । चर्चित मोडल  करिश्मा ढकालको  करिश्मा नै देख्न पाईने आकर्षक नृत्यमा  निर्देशक विक्रम चौहानले साथ "/>
२०८२, २६ चैत्र बिहीबार
काठमाडौँ - KTM

भदौरे झरीले धेरैलाई रुझाउँदै र मन बुझाउँदै (भिडियोसहित)

२०७३, १८ श्रावण मंगलवार ०९:४८

प्रेम सुनार । चर्चित मोडल  करिश्मा ढकालको  करिश्मा नै देख्न पाईने आकर्षक नृत्यमा  निर्देशक विक्रम चौहानले साथ दिएका छन् हालै वजारमा आएको–‘ रुझायो भदौरे झरीले… ’ वोलका तीज गीतको म्युजिक भिडियोमा ।

हाल सम्मका तीज गीतहरुका म्युजिक भिडियोहरु मध्ये निकै आकर्षक  मानिएको उक्त तीज गीतमा सुमधुर स्वर दिएर सुनमा सुघन्ध थपेका छन् लोक गायक महेन्द्र भण्डारी र गायिका पवित्रा सर्तुङ्गे मगरले ।

समय सान्धर्भिक र मौलिक तीज गीतहरुलाई समेट्न भरपुर कोशिस गरका छन् शव्द संकलक गमल बिसी र शिव कुँवरले । त्यस्तै लयमा संञ्जय बिसीले निकै मेहनत गरेका छन् ।

उक्त गीतको परिकल्पना गायक महेन्द्र भण्डारीले नै गरेका हुन् । भण्डारी भन्छन् –‘यस गीतका लागि धेरै महिना देखि मैले निकै मेहनत गर्नु प¥यो ,  फलस्वरुप वजारमा आएको एक हप्तामै दर्शक श्रोताले असाध्धै रुचाई दिनु  भयो, खुशी लागेको छ । ’

उनले  थपे–‘पछिल्लो चरण दोहरी गीतहरु र तीज गीत कुन हो भनेर छुट्टाउन मुस्कील पर्न थालि रहेको बेला हाम्रा परम्परागत तीज गीतहरुको मौलिकता पच्छ्याउन हाम्रो टिमले निकै मेहनत गरेको छ  र   विशेषतः बुढीपाकी आमा दिदी वहिनीहरुले दिएको सुझाव सल्लाह प्रति आभार प्रकट गर्दछु ।’

काठमाण्डौको सुन्दर दृश्य, मोडल करिश्मा ढकाल र विक्रम चौहान साथमा राजु मगरले नृत्यमा पृथकता दिन निकै प्रयत्न गरेकोले पनि दर्शकले रुचाएको पाईन्छ ।  रेसुङ्गा टेलिभिजनबाट प्रशारण हुन थाले लगत्तै उक्त गीतले राम्रो वजार लिएको  त्यस टेलिभिजनका सांगितिक कार्यक्रम सञ्चालक सविन क्षेत्री बताउ छन् ।

शिव दर्शन डिजिटलले वजारमा ल्याएको रुझायो भदौंरे झरीले … वोलको  उक्त तीज गीतले पानी परेकै बेला पनि महिलाहरुलाई नाच्न तम्साउने भएकोले  महिलाहरुलाई रुझाउन र मन वुझाउनमा  सफल हुने शिव दर्शन डिजिटलकी कार्यकारी प्रमुख गायत्री थापा वताउँ छिन् ।  

मालाश्री रेकर्डिङ्ग स्टुडियोमा तयार पारिएको उक्त गीतको संगित संयोजन आशिष अविरलले गरेका हुन । करिव २५/२६ वटा लोक दोहोरी गीतहरुमा आवाज दिई सकेका गायक भण्डारीको तीज गीत भने यो पहिलो हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण