साउन १९, काठमाडौँ | पछिल्लो समय नेपालबाट पनि विदेशमा हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा नेपाली यूवा–यूवतीहरुले भाग लिदै आइरहेका छन् । “मिस नेपाल” ले “मिस वल्ड” मा सहभागी हुने, “मिष्टर नेपाल” ले “मिष्टर वल्ड” मा भाग लिइरहेको अबस्थामा लण्डनमा हुन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, काठमाडौँ | पछिल्लो समय नेपालबाट पनि विदेशमा हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा नेपाली यूवा–यूवतीहरुले भाग लिदै आइरहेका छन् । “मिस नेपाल” ले “मिस वल्ड” मा सहभागी हुने, “मिष्टर नेपाल” ले “मिष्टर वल्ड” मा भाग लिइरहेको अबस्थामा लण्डनमा हुन "/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लण्डनमा हुने “फेस अफ दी वल्ड २०१७” मा पहिलो पटक नेपालबाट पियूस सहभागी हुने

२०७३, १९ श्रावण बुधबार ०६:२५

साउन १९, काठमाडौँ | पछिल्लो समय नेपालबाट पनि विदेशमा हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा नेपाली यूवा–यूवतीहरुले भाग लिदै आइरहेका छन् । “मिस नेपाल” ले “मिस वल्ड” मा सहभागी हुने, “मिष्टर नेपाल” ले “मिष्टर वल्ड” मा भाग लिइरहेको अबस्थामा लण्डनमा हुन लागेको “फेस अफ दी वल्ड २०१७” मा पहिलो पटक नेपालबाट मोडल पियूस कर्णले सहभागीता जनाउने भएका छन् ।

१७ सेप्टेम्बरबाट लण्डनको बर्लिङ्गटन होटलमा हुने फेस अफ दी वल्डमा पहिलो पटक सहभागी हुन लागेका पियूसले आफु “फेस अफ दी वल्ड” मा सहभागी हुन पाउँदा खुसी महशुस गरेको बताए । मिष्टर राजधानी नेपाल २०१५ को विजेता, मिष्टर करर्नाटका बैंङलोर २०१४ को विजेता समेत भइसकेका पियूसले आफु फेस अफ दी वल्डको विजेता भएरै नेपाल फर्किने बताए । उनले भने –“लामो समयको मेहेनतपछि मैले सोचेको कार्यक्रममा सहभागी हुन पाउँदैछु । मलाई विश्वास छ यस बर्षको फेस अफ दी वल्ड म नै जित्नेछु ।” उनले विश्वसामु नेपाललाई चिनाउनका लागि पनि आफ्नो सहभागीता फेस अफ दी वल्डमा हुन लागेको बताए । नेपालको पहिलो हिन्दी एल्बम “सासे” को दोस्रो गीत “दवी दवी सी” को हालै छायाँकन सकाएका पियूसले आधा दर्जन बढि म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।

नेपाल र भारतका विभिन्न ठाउँमा भएका र्याम्प शोमा समेत आफ्नो बाक्लो उपस्थिती जनाइसकेका पियूसले नेपालका केही फेसन शोको निर्णायक भएर पनि काम गरिसकेका छन् । विरगंज घर भई हाल काठमाडौंमा बस्दै आएका उनले बैंङलोरबाट नै उच्च शिक्षा हासिल गरेका हुन् । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना