काठमाडौँ । शुक्रबार नेपाली चलचित्र ‘जय पर्शुराम’मात्र प्रदर्शनमा आउने भएको छ । 

नायक विराज भट्टको ‘कमब्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ । शुक्रबार नेपाली चलचित्र ‘जय पर्शुराम’मात्र प्रदर्शनमा आउने भएको छ । 

नायक विराज भट्टको ‘कमब्"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली चलचित्र ‘जय पर्शुराम’ शुक्रबारबाट प्रदर्शनमा आउने

२७ श्रावण २०७३, बिहीबार १२:०४

काठमाडौँ । शुक्रबार नेपाली चलचित्र ‘जय पर्शुराम’मात्र प्रदर्शनमा आउने भएको छ । 

नायक विराज भट्टको ‘कमब्याक’का रुपमा आएको चलचित्र ‘जय पर्शुराम’ पूर्ण द्वन्द्वप्रधान चलचित्र हो । केही समययता भोजपुरी चलचित्रमा व्यस्त विराजले करिब छ वर्षपछि नेपाली चलचित्रमा अभिनय गर्नु भएको हो । सामाजिक ‘द्वन्द्व’सँगै सामाजिक कथावस्तु समेटिएको सो चलचित्रमा विराजले एक कर्मठ प्रहरी अधिकारीको भूमिका निर्वाह गर्नुभएको छ । 

रोज राणाले निर्माण तथा निर्देशन गरेको ‘जय पर्शुराम’मा निशा अधिकारी नायिका तथा गायकसमेत रहनुभएको छ । रवीन तामाङ खलनायकको भूमिकामा हुनुहुन्छ । चलचित्रमा एनबी महर्जनको द्वन्द्व तथा महेश खड्काको सङ्गीत छ । 

यसअघि ब्ल्याक चिल्ली इन्टरटेनमेन्ट प्रालिका निर्देशक नवराज घिमिरेले पुनरावेदन अदालत, ललितपुरमा चलचित्र ‘जय पर्शुराम’ विरुद्ध मुद्दा दर्ता गराउनुभएको थियो । उहाँले आफूले बनाएको चलचित्रसँग नाम मिलेको आरोप लगाउनुभएको थियो । सोहीअनुरुप मङ्गलबार सो अदालतले जय पर्शुरामको प्रदर्शन रोक्ने आदेश जारी गरेको थियो । 

निर्देशक घिमिरेले बनाएको चलचित्र ‘पर्शुराम’ र राणाको चलचित्र ‘जय पर्शुराम’ भएको पुष्टि भएपछि पुनः प्रदर्शन गर्न अदालतले दिएको छ । 

विराज नेपाली चलचित्रमा फर्कँदा राम्रो चलचित्र छानेको, चलचित्र राम्रो बनेको र एक्लै प्रदर्शनीको मौका पाएकाले पनि चलचित्र सफल हुने वितरक सुनिल मानन्धरले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार