२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऐश्वर्या रजनीकान्त र अभिनेता धनुषको सम्बन्धविच्छेद

४ माघ २०७८, मंगलवार ०७:४४

माघ ४, काठमाडौँ | दक्षिण भारतका सुपर स्टार रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्त र अभिनेता धनुषबीच १८ वर्ष लामो दाम्पत्य जीवन टुंगिएको छ। दुवै सेलेब्रिटीले सामाजिक सञ्जालमा पोस्टमार्फत आफूहरूको सम्बन्ध टुटेको जनाएका छन्। धनुष र ऐश्वर्यालाई दक्षिणका विशेष जोडी भनिन्थ्यो।

धनुषले पनि सामाजिक सञ्जालबाट अलग्गिने निर्णय सुनाउँदै आफूहरूको गोपनीयताको सम्मान गर्न आग्रह गरेका छन्। ‘हामी १८ वर्ष सँगै रह्यौं। यो समय हामी साथी, आमाबाबु, जोडी र एकअर्काको साथी बनेर बस्यौं। यो यात्रामा हामीले अगाडि बढ्नका लागि एक अर्कालाई सम्झियौं र धेरै कुरा भयो। आज हाम्रो बाटो अलग्गिँदैछ। म र ऐश्वर्या एक जोडीका रूपमा अलग हुँदैछौं। हामी अहिले हरेक विषयलाई अलग-अलग किसिमले सम्झिने कोशिस गरिरहेका छौं। कृपया हाम्रो यो निर्णयको सम्मान गर्नुहोला र गोपनीयताको अवसर दिनुहोला,’ धनुषले लेखेका छन्।

ऐश्वर्याले इन्स्टाग्राममा यस्तै किसिमको एक पोस्ट गर्दै लेखेकी छन्, ‘क्याप्सनको कुनै आवश्यकता छैन। …केबल तपाईंको समझ र मायाको खाँचो छ।’ धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए। उनीहरूको विवाह हुँदा धनुष केवल २१ वर्षका र ऐश्वर्या २३ वर्षकी थिइन्। दुवैको विवाह तमिल रीतिरिवाज अनुसार भएको थियो। उनीहरूको दुई छोरा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…