२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दर्शकले चारवटा गाडी जलाएपछि खेसारीले भने, ‘यसको जिम्मा आयोजकले लिनुपर्छ’

५ माघ २०७८, बुधबार ०६:२४

माघ ५, काठमाडौँ | भोजपुरी कलाकार खेसारीलाल यादवले मंगलबार आफ्नो गाडीमा भएको आगजानीबारे मुख खोलेका छन्। 

विराटनगरको बर्जु गाउँपालिकामा मंगरबार भएको बर्जु महोत्सवमा उनी आफ्नो कार्यक्रम गर्दै थिए । तर प्रशासनले उनको कार्यक्रममा रोक लगाए पछि स्थानियले उनको चारवटा गाडी जलाए थिए । 

खेसारीले आफ्नो सामाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै उक्त घटनामा आफू र दर्शकको कुनै पनि गल्ती नभएको बताएका छन् । 

घटनाको दोष आयोजक पक्षको भएको उनको दाबी छ । ‘दोषी आयोजक हुन्’, उनले भनेका छन्, ‘उनीहरुले कार्यक्रमको स्वीकृती लिए । तर स्वीकृती रद्द भएपछि हामीलाई जानकारी दिएनन् ।’ 

विहान ११ बजेको कार्यक्रम तय थियो । खेसारी साढे सात बजे नेपाल भारतको सिमानामा आइपुगेका थिए । 

कार्यक्रमस्थलमा दर्शकको ओइरो लाग्न थालिसकेपछि प्रहरीले उनीहरुलाई घेरेको थियो । कार्यक्रमा खेसरीसहित ३० जनाको टोली पुगेको थियो । 

प्रहरीले कलाकार यादवलाई कार्यक्रममा जान नदिएपछि आक्रोशित स्थानीयले स्टेज तोडफोड र गाडीहरुमा आगजी गरेका हुन् । 

बर्जु गाउँपालिकामा पुस २३ गतेबाट बर्जु महोत्सव आयोजना सुरु भएको थियो । मंगलबार उक्त कार्यक्रमको अन्तिम दिन थियो । 

उनले उक्त घटनामा आफ्नो गल्ति नभएको बताएका छन् । ‘यो घटनामा मेरो गल्ति छैन । म तपाईहरुकै मायाले आएको हुँ । म दर्शक कै लागि भनेर दिनरात मिहेनत गर्दै आएको छु । र सधै मिहेनत गर्ने छु,’ उनले उक्त भिडियोमा भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…